Comments Add Comment

पौष्टिक आहारले कसरी कम गर्छ दीर्घरोगको समस्या ?

काठमाडौं । सन्तुलित आहार हरेक उमेर र लिंगका मानिसको लागि आवश्यक हुन्छ । यसको अभाव उमेर, लिंग र शारीरिक अवस्था अनुसार फरक हुने गर्छ। गर्भवती र स्तनपान गराउने आमाहरूका लागि जुन खाना आवश्यक पर्छ, त्यहीस्तरको खाना अरू अवस्थाका मानिसलाई आवश्यक नपर्न सक्छ ।

बच्चाहरूलाई कुपोषणबाट बचाउन जुन खाना आवश्यक पर्छ त्यो अरू उमेरसमूहका मानिसलाई आवश्यक पर्दैन । खानपानमा ध्यान नदिँदा धेरैमा मधुमेह, उच्च रक्तचाप, हृदय रोग, क्यान्सर, मिर्गौला रोग, कलेजोको समस्या जस्ता दीर्घ रोगहरू लाग्ने गरेको पाइन्छ ।

पोषणविद्हरू खानामा ध्यान दिनु पर्र्ने भए पनि यसलाई कार्बाेहाइड्रेड, प्रोटिन आदिमा छुट्याउनु उपयुक्त नहुने बताउँछन् । पोषणविद् डा. अरुणा उप्रेती खानेकुरालाई कार्बाेहाइड्रेड र प्रोटिन आदिमा छुट्याउन नहुने बताउँछिन् ।  यद्यपि उमेर समूह र लिंगका मानिसको लागि छुट्टा छुट्टै पोषणयुक्त खाना भने आवश्यक रहेको उनी बताउँछिन् ।

स्तनपान गराउने महिलाका लागि पोषणको आवश्यकता

गर्भावस्थाको समयमा अनुचित आहार र कम पोषण युक्त खानाका कारण भ्रूणको अनुचित वृद्धि हुने समस्या सिर्जना हुन्छ । जस्तै, आमामा रक्तअल्पता लगायतका अन्य जटिलताहरू सिर्जना हुन सक्छ ।

शिशुहरू र बच्चाका लागि पोषणको आवश्यकता

बाल्यावस्थामा सबैभन्दा द्रूत शारीरिक र मानसिक विकास हुने गर्छ । यस अवधिमा कुपोषण हुँदा यसले आजीवन शारीरिक विकासमा असर गर्छ । यो उमेरमा यदि आमाबाबुले बच्चाको खानामा ध्यान दिएनन् भने बच्चामा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुन्छ ।

शारीरिक गतिविधि अनुसार पोषणको आवश्यकता

ऊर्जा र पोषक तत्वको आवश्यकता मान्छेको शारीरिक गतिविधिमा पनि आधारित हुन्छ । अपर्याप्त पोषक तत्वको शरीरमा आपूर्ति हुँदा यसको दीर्घकालीन असर पर्छ । जस्तो नियमित व्यायाम गर्ने व्यक्तिको लागि अतिरिक्त पोषक तत्वको आवश्यकता पर्छ । काममा पनि भारी बोक्ने मान्छेलाई अतिरिक्त पौष्टिक तत्व आवश्यक पर्छ ।

स्वस्थ तरिकाले वजन घटाउन आवश्यक

स्वस्थ तरिकाले वजन घटाउन पनि शरीरलाई पोषक तत्वको भने आवश्यकता पर्छ । शारीरिक अवस्थाको आधारमा वजन घटाउनु वा सन्तुलित राख्नु स्वास्थ्यको लागि महत्वपूर्ण छ । अधिक वजन भएका व्यक्तिमा हृदय रोग, मधुमेह, उच्च रक्तचाप, पित्त थैलीमा समस्या जस्ता रोगहरू लाग्न सक्छ ।

तसर्थ, उचित आहार योजना र परामर्शमा वजन कम गर्न वा लाभको स्वास्थ्य जटिलता रोक्नका लागि महत्वपूर्ण छ ।

मधुमेह कम गर्न पौष्टिक तत्व

उचित खानपानले मधुमेहको जटिलतालाई रोक्छ तर यसका लागि उचित आहार परामर्श, सन्तुलित आहार सेवन र उचित शारीरिक गतिविधि आवश्यक पर्छ । मधुमेह रोगीहरूले कार्बाेहाइड्रेडयुक्त खानालाई कम गर्नुपर्छ ।

मृगौला रोग कम गर्नको लागि

दीर्घकालीन रोगको जोखिम कम गर्न स्वस्थ खानाले महत्वपूर्ण भूमिका खेल्छ । अधिक वजन, मोटोपन, उच्च रक्तचाप आदि खानपानका कारणले हुने समस्याहरू हुन् ।

कलेजो रोग कम गर्नको लागि

कलेजो रोगबाट बच्नको लागि पनि पौष्टिक आहार आवश्यक छ । किनकि यसले पौष्टिक पदार्थहरूको मेटाबोलिज्म र उनीहरूको भण्डारण गर्ने जस्ता आवश्यक कार्यहरू गर्छ ।

क्यान्सर कम गर्नको लागि

राम्रो पोषण विशेष गरी क्यान्सर भएका व्यक्तिहरूको लागि महत्वपूर्ण छ । विभिन्न प्रकारका खाद्य पदार्थहरू र राम्रोसँग सन्तुलित भोजनहरू खाँदा स्वास्थ्यमा समस्या सिर्जना हुँदैन । विभिन्न किसिमका दीर्घरोग लागेका व्यक्तिले उपचारको क्रममा राम्रो खानेकुरा खानाले हाम्रो शरीरको तौललाई नियन्त्रणमा राख्न र शारीरिक ऊर्जा वृद्धि गर्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment