+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु पुष्टि

प्रदेश ब्यूरो प्रदेश ब्यूरो
२०७७ भदौ १३ गते २०:५८

१३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एक/एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ जनाको मृत्यु भएको भनेको छ । यसमा महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एक-एक जनाको तथ्यांक जोड्न बाँकी छ ।

  • काठमाडौं-२१ जैशीदेवल, काठमाडौंकी ५१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । ३० साउनमा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनी उच्च रक्तचापकी विरामी थिइन् ।
  • काठमाडौं-३ बसुन्धरा, काठमाडौंका ८३ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा मृत्यु भएको छ । बीपी स्मृति सामुदायिक अस्पतालमा उपचाररत उनलाई शुक्रबार मात्र बलम्बुमा सारिएको थियो ।
  • भक्तपुरकी ६२ वर्षीया कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा शनिबार मृत्यु भएको छ । उनी ८ भदौमा अस्पताल भर्ना भएकी थिइन् ।
  • शुक्रबार भक्तपुर अस्पतालमा मृत्यु भएका भक्तपुर-३ भक्तपुरका ८२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल पुगेका मधुमेहका विरामी उनलाई निमोनियासमेत भएको थियो ।
  • बिहीबार मृत्यु भएका ललितपुर-३२ धापाखेल, ललितपुरका ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मिर्गौला रोगबाट पीडित उनी ११ गते पाटन अस्पताल भर्ना भएका थिए र मृत्यु भएको भोलिपल्ट संक्रमण पुष्टि भएको हो ।
  • महालक्ष्मी-१, ललितपुरका ६१ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा मृत्यु भएको छ । मधुमेहका विरामी उनी ७ गते अस्पताल भर्ना भएका थिए र ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • भदौया-६ सिराहाका ८४ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । खोकी, ज्वरो र श्वासप्रश्वासको समस्या दिएर ६ भदौमा अस्पताल भर्ना भएका उनलाई संक्रमण भएको भोलिपल्ट पुष्टि भएको थियो ।
  • तानसेन-८ पाल्पाकी ३० वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर भर्ना भएका उनलाई संक्रमण भएको ७ भदौमा पुष्टि भएको थियो ।
  • पोखरा-१४, कास्कीका ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । भदौ ७ गते पेटको अपरेशन गरेका उनलाई १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।
  • वीरगञ्ज-२६, पर्साका ४८ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर अस्पतालमा मृत्यु भएको छ । नेशनल मेडिकल कलेजबाट रिफर भएर कोरोना विशेष अस्पतालमा आएको केही समयमै उनको मृत्यु भएको हो ।
  • वीरगञ्ज-१२, पर्साका ३९ वर्षीयको काठमाडौं ल्याउने क्रममा बाटैमा मृत्यु भएको छ । तराई अस्पतालमा उपचाररत उनलाई शुक्रबार वीरगञ्ज हेल्थकेयरमा ल्याइएको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि क्रिटिकल केयरका लागि स्वास्थ्यकर्मीसहित काठमाडौं रिफर गरिएको थियो ।
  • वीरगञ्ज-१२, पर्साकी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ । पखाला लाग्नुका साथै श्वास प्रश्वासमा समस्या भएर शुक्रबार दिउँसो अस्पताल भर्ना भएकी उनको रक्तचापसमेत निकै कम थियो ।
  • गोरखा नगरपालिका-१३, गोरखाका ३८ वर्षीय पुरुषको भरतपुर अस्पताल, चितवनमा शुक्रबार मृत्यु भएको छ । ६ भदौमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको १० गते पुष्टि भएको थियो ।
  • महोत्तरीकी ६२ वर्षीया महिलाको शनिबार दिउँसो १ः३० बजे पाटन अस्पतालमा मृत्यु भएको छ ।
  • पिपरा गाउँपालिका-७, महोत्तरीका ७० वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको प्रादेशिक अस्पताल, जनकपुरधाममा शुक्रबार मृत्यु भएको थियो ।
  • भंगहा नगरपालिका-१, महोत्तरीका ३५ वर्षीय पुरुषको मृत्युपछि संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकीका साथै सास फेर्न समस्या भएपछि उनलाई शुक्रबार प्रादेशिक अस्पताल भर्ना भएका उनको शनिबार मृत्यु भएको थियो ।
  • निजगढ, बाराकी ४७ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मिर्गौला रोगबाट पीडित उनलाई डायलायसिस गर्न २७ साउनमा अस्पताल ल्याइएको थियो । त्यही क्रममा कोरोना पुष्टि भएपछि उपचार भइरहेको पथियो ।
  • शनिबार न्यूरो अस्पताल, बिराटनगरमा मृत्यु भएका पथरी शनिश्चरे-२, मोरङका ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३ भदौमा अस्पताल भर्ना भएका उनको कोरोना परीक्षणका लागि बिहीबार नै स्वाब संकलन गरिएको थियो, तर शनिबार विहान मृत्यु भएका उनको दिउँसो पोजेटिभ रिपोर्ट आएको छ ।
  • गम्हरिया- ३, रौतहटका ३० वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा वीरगञ्जमा मृत्यु भएको छ । भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि शुक्रबार कोभिड अस्पताल सारिएको थियो ।
  • विनयी त्रिवेणी–६, नवलपुरका ६२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा शनिबार साँझ मृत्यु भएको छ । निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका उनको सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो र शनिबार मात्रै कोरोना संक्रमण पुस्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?