Comments Add Comment

गण्डकी प्रदेशका ४ जिल्लामा ३५ संक्रमित थपिए

१७ भदौ, काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा २३, पूर्वी नवलपरासी (नवलपुर) मा ७, लम्जुङ ४ र तनहुँमा १ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ४५ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार बिहान साढे ९ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ मा २० जना संक्रमित फेला परेका छन् । संक्रमितहरु २१ वर्षदेखि ४२ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

यसैगरी पोखरा महानगरपालिकाकै वडा नं. १४ का २ जना महिला र वडा नं. १३ का १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

पूर्वी नवलपरासीको विनयत्रिवेणी–४ मा दुई जना महिला र दुई जना पुरुष तथा वडा नं. ३ मा एक जना महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

पूर्वी नवलपरासीकै गैंडाकोट–९ मा ४० वर्षीया महिला र देवचुली नगरपालिका–१६ मा ७६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी लम्जुङको सुन्दरबजार–९ का १ जना पुरुष र २ जना महिला तथा वडा नं. २ का एक जना पुरुष संक्रमित भएका छन् ।

तनहुँको शुक्लागण्डकी–१ मा एक जना २६ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment