Comments Add Comment

रियालाई विद्या र तापसीको को समर्थन

नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई शंकाको घेरामा राखेर सीबीआइले सोधपुछ गरिरहेको छ । सुशान्तका फ्यान र उनको परिवारले उनको लागि न्याय मागिरहेका छन् ।

तर, केही मिडियाले भने रियालाई हत्यारा प्रमाणित गरिसकेका छन् । यसले, रियालाई मानसिव तनाव भोग्नु परिरहेको छ । तर, अब भने केही नायिकाहरु रियाको समर्थनमा उत्रिएका छन् । नायिका विद्या बालनले रियाको समर्थन गर्दै मिडियामा भैरहेको प्रचारवाजी गलत भएको उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘यो दुर्भाग्यपूर्ण कुरा हो कि, हामी सबैका प्यारो नायक सुशान्त सिंह राजपुतको निधन अब मिडियाका लागि सर्कस बनिरहेको छ । एक महिला भएको नाताले रियाको बिषयमा मैले जे सुनिरहेको छु, त्यो कुराले मेरो दिल टुटेको छ । उनी तबसम्म निर्दोष हुन्, जबसम्म उनी दोषी सावित हुन्नन् ।’

उनले, एक नागरिकको सम्मान गर्दै कानुनलाई आफ्नो काम गर्न दिन आग्रह गरेकी छिन् । नायिका विद्या बालन जस्तै अर्की नायिका तापसी पन्नुले पनि रियाको समर्थन गरेकी थिइन् । उनले, आफूले रियालाई व्यक्तिगत रुपमा नचिनेको भन्दै एक व्यक्तिलाई अदालतको फैसलाविना नै दोषी भन्नु गलत रहेको बताएकी छिन् । उनले कानुनमाथि विश्वास गर्न सबैसँग आग्रह पनि गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment