Comments Add Comment

वीर अस्पतालको ओपिडी २ दिन बन्द

१७ भदौ, काठमाडौं । मंगलबार दिउँसो थप तीन जना बिरामी र १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारी गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालको बहिरंग सेवा (ओपीडी) बन्द गरिएको छ ।

बुधबार र बिहीबार ओपीडी बन्द भए पनि आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले अहिलेसम्म १२ चिकित्सक, १२ नर्ससहित ७१ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएको बताए । उनकf अनुसार निसंक्रमण र कन्ट्याक्ट टेसिङका लागि दुई दिन ओपिडी बन्द गर्ने निर्णय गरिएको हो ।

उनले पछिल्लो समय डाक्टर नर्स, क्लिनरसहितका जनशक्तिहरु धमाधम संक्रमणमा परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment