Comments Add Comment

बौद्धमा ट्रेकिङ गाइड मृत भेटिए

२८ भदौ, काठमाडौं । बौद्धको नयाँ पाटीस्थित एक घरमा ट्रेकिङ गाइड मृत अवस्थामा फेला परेका छन् ।

गएराति साढे १२ बजे खोटाङ घर भई महांकाल छेउ आरुबारीमा डेरा गरी बस्दै आएका ४० वर्षीय पासाङ शेर्पा मृत भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीका अनुसार घटनामा सोधपुछका लागि एकजना महिलालाई नियन्त्रणमा लिइएको छ । घटनाबारे जानकारी पाएलगत्तै बौद्धको प्रहरी टोली महिलाको घरमा पुगेको थियो । त्यसक्रममा उनले शेर्पालाई उपचारका लागि लैजाने कोशिश गरिरहेको पाइएको थियो ।

प्रहरीका अनुसार दुवै जना डिभोर्सी हुन् । विगतमा पनि दुवै जनालाई सँगै हिँडेको स्थानीयले देखेका थिए । शेर्पाको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । मदिरा सेवन गरेपछि शेर्पाले वान्ता गरेकाले आफूले अस्पताल लैजाने प्रयास गरेको महिलाको भनाइ छ ।

तर, घरबाट निकाल्ने वेलामै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । शेर्पाको शवलाई अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । जसको रिपोर्ट आएपछि शेर्पाको मृत्युको कारणबारे खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment