Comments Add Comment

टिकटकद्वारा माइक्रोसफ्टको प्रस्ताव अस्वीकार

टिकटकले माइक्रोसफ्टले गरेको अमेरिकी सेवा खरिदको प्रस्ताव अस्वीकार गरेको छ । माइक्रोसफ्टले लोकपि्रय भिडियो शेयरिङ्ग एप खरिदको लागि गरेको प्रस्ताव चिनियाँ कम्पनीले अस्वीकार गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई आफ्नो अमेरिकाको सेवा अमेरिकी कम्पनीलाई नै बिक्री गर्न दिएको अल्टिमेटम मंगलबार सकिँदैछ । यस्तो अवस्थामा माइक्रोसफ्टले आफ्नो प्रस्ताव अस्वीकृत भएको बताएको हो ।

ट्रम्पको प्रशासनले टिकटक तथा अन्य चिनियाँ एपमा राष्ट्रिय सुरक्षाको जोखिम रहेको बताउँदै आएको छ । ट्रम्पले टिकटकले आफ्नो अमेरिकाको व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री नगरेको अवस्थामा मंगलबारदेखि प्रतिबन्ध लाग्ने बताइसकेका छन् । यस्तोमा दुई अमेरिकी कम्पनीहरु माइक्रोसफ्ट र ओरेकलले टिकटक खरिदमा चासो देखाएका थिए ।

वाल स्ट्रिट जर्नल र रोयटर्सले उल्लेख गरेअनुसार आरेकल टिकटकले खरिद गर्ने भएको छ । यसअघि ओरेकल गम्भीररुपमा टिकटकको अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डको व्यवसाय खरिद गर्ने दिशामा अघि बढिरहेको समाचार सार्वजनिक भएको थियो ।

यद्यपि माइक्रोसफ्टको प्रस्ताव अस्वीकार भएको तथा ओरेकललाई आफ्नो व्यवसाय बिक्री गर्ने विषयमा सम्झौता भएनभएको विषयमा टिकटकले कुनै प्रतिक्रिया दिएको छैन ।

स्रोत : बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment