+
+
Shares

मदनको निर्देशनमा ‘आँधी तुफान २’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते १४:२७

१६ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’को सिरिज बन्दैछ । ‘आँधी तुफान’लाई महेन्द्र वुढाथोकीले निर्देशन गरेका थिए । अब, निर्माता तथा लेखक मौनता श्रेष्ठ चलचित्र ‘आँधी तुफान’को सिरिज बनाउँदैछन् । यो चलचित्रमा पनि ३ जना नायिका हुनेछन् ।

चलचित्र ‘आँधी तुफान २’ लाई मदन घिमिरेले निर्देशन गर्दैछन् । मदनले निर्देशन गरेका ‘जीवन दाता, मिस्टर डन, फर्ज, भागी भागी नजाउ, फैसदा, दादागिरी’ लगायतका चलचित्र चर्चित थिए । घिमिरे मसला चलचित्र बनाउन सो समयमा चर्चित थिए । उनले, चलचित्रलाई उत्कृष्ट बनाउन आफूले मिहिनेत गर्ने बताएका छन् ।

अहिले चलचित्र हेर्ने दर्शकको स्वाद फेरिएको छ । दर्शकले मसला चलचित्रलाई भन्दा बढी सामाजिक कथा र मौलिकतालाई रुचाउन थालेका छन् । यसैले पनि अहिलेका दर्शक सुहाउँदो चलचित्र निर्देशन गर्न मदनलाई चुनौती भने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?