Comments Add Comment

पर्यटक नेपाल आउन राखिएका शर्तप्रति व्यवसायीको असहमति

१४ असोज, काठमाडौं । सरकारले पर्यटकलाई नेपाल आउन दिने सम्बन्धमा राखेका कडा असहमतिप्रति व्यवसायी असन्तुष्ट बनेका छन् ।

सरकारले ७ दिन क्वारेन्टिनमा बस्नै पर्ने, नेपाल आउनु अगाडि अनिवार्य पीसीआर र नेपाल आइसकेपछि पनि आफ्नै खर्चमा पीसीआर परीक्षण हुनुपर्नेसहितका कडा शर्त पर्यटकलाई राखेको छ । नेपाल पर्यटन परिषद्ले पर्यटकका लागि राखिएका कडा शर्तप्रति असहमति राखेको हो ।

पर्वतारोहण वा पदयात्राका लागि नेपाल आउने सबै प्रकारका पर्यटकको पीसीआर टेस्ट नेपालको प्रवेश बिन्दुमा नै राखी छिटो छरितो र सरल स्वास्थ्य सेवा उपलब्ध गराई पर्यटक मैत्री स्वास्थ्य मापदण्ड बनाउनु पर्ने माग परिषदले गरेको छ । परीक्षण जति सक्दो चाडो पर्यटकलाई उपलब्ध गराई पर्यटन गतिविधि सुरु गर्न दिनुपर्ने माग परिषद्को छ ।

अध्यागमन नीतिमा सरलीकरण गर्दै सिफारिस तथा अन्य झन्झटिला नियम परिमार्जन गर्नुपर्ने माग व्यवसायीको छ । सेवा प्रदायक कम्पनीको सिफारिसमा अध्यागमन विभागबाट प्रवेश-आज्ञा जारी गर्ने व्यवस्था मिलाउन परिषद्ले माग गरेको छ ।

अहिलेको सूचनालाई आधार मान्ने हो भने नेपालको पर्वतीय लगायत सम्पूर्ण पदयात्रा व्यबसायमा केही सीमित व्यवसायी तथा व्यक्तिको मात्र पक्षपोषण हुने र नेपालको पर्यटनमा सीमित व्यावसायीको मात्र एकाधिकार रहने भन्दै साना तथा मझौला पर्यटन व्यवसायी र पर्यटनकर्मीहरु पाखा लाग्नुपर्ने अवस्था आउने चिन्ता परिषद्को छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment