+
+
Shares

मलेसियाली पाम तेलको आयातमा अमेरिकाको प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १५ गते १३:२९

१५ असोज, काठमाडौं । अमेरिकाले मलेसियाली पाम तेल (आयल) उत्पादक एफजीभीबाट हुँदै आएको आयातमा रोक लगाउने निर्णय गरेको छ । अमेरिकाको कस्ट्युम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी)ले उक्त कम्पनीमा श्रम शोषण हुने गरेको भन्दै उक्त कम्पनीबाट आउने पाम तेलको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

सीबीपीले कम्पनीमा शरीरिक तथा लैङ्गिक दुर्व्यवहार, ऋण बन्धन र अपमानजनक काम गर्ने अवस्थाको कारण उक्त कम्पनीबाट आयात हुँदै आएको पाम तेलमा रोक लगाउने निर्णय गरिएको बताएको छ । यो कम्पनीका साथै यसबाट सञ्चालित हुने अन्य कम्पनीबाट उत्पादित पाम तेलको आयातमा पनि रोक लगाइएको सीबीपीले बताएको छ ।

एफजीभी होल्डिङ्स कम्पनीले भने पछिल्लो समय कम्पनीले आफ्ना कर्मचारीको अवस्थामा उल्लेख्य सुधार गरेको बताएको छ । सीबीपीले भने एक वर्षको अवधिमा गरिएको अनुसन्धानको क्रममा कर्मचारीहरुको गतिविधिमा प्रतिबन्ध, शारीरिक र लैङ्गिक हिंसा, डर र धम्की, तलब रोक्का गर्ने, ऋण बन्धनमा राख्नेलगायतका काम कम्पनीले गर्ने गरेको पाइएको बताएको छ । अनुसन्धानको क्रममा कम्पनीमा बाल श्रम शोषण पनि हुने सक्ने पाइएको थियो । यो कम्पनीले मलेसियाको समग्र पाम तेल उत्पादनको १५ प्रतिशतको हिस्सा ओगटेको छ ।

पछिल्लो समय अमेरिकाले मानव अधिकारको उल्लंघन हुने कम्पनीले उत्पादन गर्ने सामग्रीहरुमा प्रतिबन्ध बढाएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?