Comments Add Comment

धुलाबारीमा पाँचतारे स्तरको मेची क्राउन होटेलले थाल्यो सेवा

१५ असोज, काठमाडौं । झापाको धुलाबारीमा ‘होटल मेची क्राउन बाई द पिक’ले सेवा शुरु गरेको छ । १ वैशाखबाटै संचालनमा आउने गरी तयारी थालेको होटेलले कोरोना भाइरसको महामारी र लकडाउनका कारण ओपनिङ मिति पर सारेको थियो ।

बुधबारबाट होटेल औपचारिक रुपमा सञ्चालनमा आएको हो । विश्वव्यापी महामारीका बावजुद लगानीकर्ता र व्यवस्थापनको टोलीले पाहुनालाई यसको बिलासी वातावरण र सुविधाको न्यानो आतिथ्य प्रदान गर्ने होटेलले जानकारी  गराएको छ ।

पूर्वी नेपालको प्रवेशद्वार र द्रुत विकासशील व्यापारिक केन्द्रको रूपमा रहेको झापास्थित धुलाबारीमा यो होटल भद्रपुरस्थित विमानस्थलदेखि १७ किलोमिटर टाढा रहेको छ ।

भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा पर्ने यो होटेलले यस क्षेत्रको उच्चगुणस्तरीय आतिथ्य सेवामा रहेको अभाव पूर्ति गर्ने विश्वास कम्पनीको छ ।

भारतीय सीमावर्ती क्षेत्रमा पाँचतारे होटेल नभएका कारण त्यहा आइपुग्ने विदेशी पाहुनालाई नेपाल भित्र्याउन सहयोग पुग्ने बताइएको छ । यहाँबाट बंगलादेश पनि नजिकको मुलुक हो । उक्त क्षेत्रका खर्चालु पर्यटक समेत सहजै नेपाल आउन सक्ने होटेलले उल्लेख गरेको छ ।

डेढ खर्ब लगानी

यो होटेलमा कुल डेढ अर्ब लगानी रहेको छ । होटल ८ बिघा क्षेत्रफलमा फैलिएको छ । होटेल भित्रै हेलिप्याड बनाइएको छ । एकै पटक ५०० भन्दा बढी सबारी साधनको पार्किंङ गर्न सक्ने यो होटेलमा कुल कोठा भने १०५ वटा रहेको छ ।

त्यसमधये ५ मेची सुइट्स रुम, १० वटा एक्जुकेटिभ भिला रुम, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम रहेको होटेलले जनाएको छ ।

विवाह, बैठक, सम्मेलन, सेमिनार आदीका लागि पनि यस होटलमा सुबिधा सम्पन्न हलहरु उपलब्ध हुने भएको छन् ।

यहाँ दुई वटा रेष्टुरेन्ट छन् । होटल तथा क्यासिनो पूर्णरुपमा सञ्चालन भएपछि करिब ९ सय नेपालीहले यहाँ प्रत्यक्ष रोजगार पाउने होटेलले जनाएको छ ।

यहाँ नेपालको सबैभन्दा ठुलो क्यासिनोको रुपमा भेगास क्यासिनो भित्राउने तयारी छ । त्यसका लागि संरचना बनिरहेको होटेल व्यवस्थापनले जनाएको छ ।

होटल मेची क्राउनलाई प्रदेश १ को पर्यटनको हबको रुपमा विकास गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनीको भनाइ छ ।

यो पनि पढ्नुहोस डेढ अर्ब लगानीमा झापामा तयार भयो पाँचतारे होटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment