Comments Add Comment

राजश्व अनुसन्धान बुटवलका अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा

२५ असोज, काठमाडौं । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

गुटखा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट राजस्व लगायतका विभिन्न काममा सहजीकरण गरिदिएवापत २ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।

झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगले राना र झालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा रानाले राजस्व लगायतका काममा सहजीकरण गरिदिएवापत झासँग दुई लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार झाले प्रमुख अनुसन्धान अधिकृत रानालाई प्रलोभनमा पारी घुस दिएको पुष्टि हुन आएकोले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment