Comments Add Comment

कोरोना खोपको सहकार्यले अर्थतन्त्रमा उल्लेख्य सुधार आउँछ : आईएमएफ

३० असोज, काठमाडौं । कोरोना भाइरुस (कोभिड-१९) विरुद्धको खोप निर्माणको लागि अन्तर्राष्ट्रिय समुदायको बीचमा हुने बलियो सहकार्यले विश्व अर्थतन्त्रको सुधार पनि छिट्टै हुने अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले बताएको छ । आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जिएभाले बिहीबार यस किसिमको सहकार्यले सन् २०२५ सम्म विश्वव्यापी आम्दानी ९० खर्ब डलर थपिने बताएकी हुन् ।

जोर्जिएभाले अमेरिका र चीनलाई उल्लेख्य आर्थिक सहायता कोषको कार्यक्रम जारी राख्न आग्रह गरेकी छिन् । यसले विश्व अर्थतन्त्रमा पनि सुधारको लागि सघाउ पुग्ने उनको भनाइ छ । उनले विकसित र विकासशील सबै मुलुकहरुमा खोपको वितरण हुनुपर्ने बताइन् ।

अन्यथा भ्रमण, लगानी, व्यापार र अन्य गतिविधिको मनोबल कमजोर रहने जोजिएभाको भनाइ छ । साथै कोरोना भाइरसविरुद्धको लडाइँमा भएको साझेदारीले धनी र कम आय भएका मुलुकबीचको अन्तर पनि घटाउन सहयोग पुग्ने उनले बताइन् ।

खोप निर्माण तथा वितरणको लागि पनि बलियो अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको जोर्जिएभाले बताइन् । उनले प्रभावकारीरुपमा सन्तुलित खोपको वितरणको माध्यमबाट मात्र विश्वको अर्थतन्त्रमा अहिले देखिएको समस्या समाधान हुन सक्ने जोर्जिएभाको भनाइ छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment