+
+
Shares

जाडोमा कोरोना महामारी बढ्ने भन्दै पूर्वतयारी गर्न प्रधानसेनापतिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ४ गते १८:५६

४ कात्तिक, काठमाडौं । प्रधासेनापति पूर्णचन्द्र थापाले चाडो मौसममा कोभिड–१९ (कोरोना) भाइरसको महामारी बढ्ने भएकाले पूर्वतयारी गर्न निर्देशन दिएका छन् ।

मातहतका सबै पृतनापतिलाई उनले चाडो मौसममा महामारी बढ्ने पूर्वानुमान अनुसार तयारी गर्न निर्देशन दिएका हुन् ।

मंगलबार सम्पन्न पृतनापति समन्वयात्मक बैठकमा उनले भनेका छन्, ‘सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरुसँग निरन्तर समन्वयमा गरेर आवश्यक पूर्वतयारी गर्नुहोला ।’

उनले महामारीको समयमा आफ्नो फौज र तिनका परिवारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन पनि भनेका छन् । संक्रमण भइहाले उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्न सबैलाई निर्देशन दिन पनि भनेका छन् ।

उनले नेपाली सेनाको कार्यशैलीमा सकारात्मक परिवर्तन आएको बताउँदै संगठनलाई पद्धति र प्रणालीमा आधारित बनाउन थप बल पुर्‍याएको पनि भनेका छन् ।

बैठकमा जर्नेलहरुले जिम्मेवारी अनुसारको विषयको प्रगति विवरणको समीक्षा गरेका थिए भने सुरक्षाको वर्तमान स्थिति र कोभिड–१९ बाट सिर्जित अवस्था तथा त्यसबाट आइपर्नसक्ने सुरक्षा चुनौतीहरु एवं लिनुपर्ने कार्यनीतिबारे सुझावसहितको प्रस्तुतिकरण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?