Comments Add Comment

जाडोमा नानीबाबुहरूको ख्याल राखौं

कोरोनाको जोखिम यथावत छ । विज्ञहरुले जाडो महिनामा यसको प्रकोप थप बढ्ने संकेत गरिसकेका छन् । गर्मीको तुलनामा जाडोमा संक्रामक रोग फैलने भय उति धेरै हुन्न । तर, जाडोको प्रकोप तीव्र भएको खण्डमा नानीबाबुहरुलाई चिसोबाट जोगाउन कठिन हुनसक्छ । तसर्थ जाडोको याममा बच्चाहरुको स्वास्थ्यको विशेष ख्याल राख्न जरुरी हुन्छ ।

चिसो मौसममा बच्चाहरुको ख्याल नराख्दा निमोनिया, रुघा–खोकी, ज्वरो, चिसोको एलर्जी, इन्फ्लुएंजा, श्वासको समस्या, सिगान बग्ने रोग, छाला फुट्ने, ब्रोङकाईटिस, नाक, कान घाँटीको संक्रमण जस्ता समस्याहरु देखिन सक्छ । जाडोमा प्रकोपित हुन सक्ने यी समस्याहरूबाट नानीबाबुहरुलाई बचाउन निम्न कुराहरुमा विशेष ध्यान दिन अत्यन्त आवश्यक छ ।

डा. हेमराज कोइराला

कपडामा विशेष ख्याल राख्न

१) जाडोमा वाहिरी चिसोसँग जुध्नका लागि शरीरको तापमान सन्तुलित राख्नुपर्ने हुन्छ । यसका लागि सर्वोत्तम कवच भनेको न्यानो लत्ताकपडा नै हो । यसैले नानीबाबुहरुको लागि न्यानो कपडाको जोहो गरौं ।

२) बच्चाहरुलाई जाडोमा कपडा लगाई दिँदा हामीले लगाएको भन्दा एउटा लेयर बढी लगाई दिनपर्छ । अर्थात हामीलाई दुई लेयर कपडाले जाडो छेक्छ भने बच्चाहरुका लागि तीन लेयरको कपडा जरुरी हुन्छ ।

३) जाडोको मौसममा बच्चाहरुको टाउको, खुट्टा, हातको पञ्जा, छाती, चाक र कानलाई न्यानो कपडाले ढाकेर राख्नु पर्दछ ।

४) बच्चाहरुलाई जाडोमा कपडा लगाई दिँदा १-२ पत्र बाक्लो कपडा लगाई दिनु भन्दा ३-४ पत्र पातलो कपडा लगाई दिनु राम्रो हो । धेरै पत्र लुगा लगाईदिँदा शरीरलाई गरम राख्नुपर्दछ ।

५) बच्चाहरुलाई लुगा लगाई दिँदा सबै भन्दा भित्रीपत्र सूतीको होस् । त्यसपछि थर्माकोट लगाई दिनु त्यसमाथि सर्ट टि-सर्ट जामा आदि लगाईदिएर सबै भन्दा बाहिरी पत्र हावा नछिर्ने ज्याकेट लगाई दिनु पर्छ ।

६) जाडोभर सकभर बच्चाको टाउको खाली नराख्नु । टोपी लगाइराख्नुपर्छ । मङकी क्याप जाडोको लागि अन्य टोपीहरु भन्दा उत्तम छन् ।

७) जाडोभरी भित्र रुवा हालेर सिलाएको भोटो लगाइदिनु पर्छ ।

८) मोजा र पञ्जा सकभर हटाउनु हुँदैन ।

९) जाडोमा बच्चालाई धेरै पिसाब आइरहने हुँदा बेलाबेला डायपर बदल्नुपर्छ । कपडामा पिसाब फेरे तुरुन्त कपडा फेरी दिनु पर्दछ ।

१०) जाडोमा धेरै कपडा लगाईदिद पनि भित्र पसिनाले बच्चाहरूलाई असर गर्न सक्छ । यसो हुन नदिन बेलाबेलामा पसिना आएनआएको जाँच गर्दै गरौं ।

११) बिहान बेलुका धेरै कपडाको लेयर लगाई दिएपनि दिउँसो यसको लेयर घटाऔं ।

हिटरको प्रयोगः

कोठालाई न्यानो राख्न अभिभावकहरु कोठामा हिटर बाल्ने गर्दछन् । कोठामा हिटर चलाएको त्यती राम्रो होइन ।

हिटरले कोठाको आद्रतालाई कम गर्दछ । हिटर चलाउनै परे लगातार नचलाउनु होला । एकाध घण्टाको विश्राममा १०–१५ मिनेटको लागि बन्द गर्नुहोला । बाहिर जानुपर्ने छ भने जानु भन्दा २० मिनेट अगाडि नै हिटर बन्द गरिदिनुहोला । भित्र र बाहिरको तापक्रममा आएको परिवर्तनले बच्चाहरुलाई असर पार्न सक्दछ ।

मालिस गरिदिनुहोस् 

मालिस एक किसिमको निस्क्रिय व्यायाम हो । स्नान वा स्पञ्जपूर्व मालिस गरिदिँदा रक्तसञ्चार शसक्त हुन पुग्दछ । मांशपेशी, हड्डी, नशा, नाडी, छाला आदि सबै स्वस्थ रहन मालिसले विशेष भूमिका खेल्दछ । यसर्थ नानीबाबुहरुलाई स्नानपूर्व १०–१५ मिनेटको मालिस दिनदिनै गर्नु पर्दछ ।

१) जाडोमा बच्चाको मालिस गर्दा तातो स्थानमा अँगेनु, हिटर, फाएर बिग्रेड आदिको नजिक राखेर सेक्दै मालिस गर्दैै गर्नुपर्दछ । मालिस १०–१५ मिनेटको मात्र हुनुपर्दछ ।

२ मालिस गर्दा गाईको घ्यूमा कपुर मिसाएर गर्दा सबैभन्दा राम्रे हो । यसो हुन नसकेमा तातो तोरीको तेलमा मेथी पुराएर मालिस गरिदिनुस् । तोरीको तेल नभएमा बदामको तेलले पनि मालिस गरिदिनुस् ।

३) मालिस र स्नान खाना खानु पहिलेनै गराउनु पर्दछ । मालिस गरेको १०–१५ मिनेटमा बच्चालाई नुहाई दिनु पर्छ, केही खाएको १ घण्टासम्म बच्चालाई मालिस गर्नु हुँदैन ।

कसरी नुहादिने 

१) जाडोको मौसममा बच्चाहरुलाई दिनैपिच्छे नुहाउनु हुँदैन । हप्ताको २-३ चोटि सम्मभने नुहाउनु अवश्य पर्दछ । जाडोमा बच्चाहरुको नियमित नुवाई धुवाई नहुने हुँदा दिनको १ पल्ट मनतातो पानीले स्फन्ज बाथ भने अवश्यगर्नु पर्ने हुन्छ ।

२) नानीबाबुहरुलाई जाडोमा नुहाउँदा खुल्ला ठाउँमा नभएर बन्द कोठामा नुहाई दिनु पर्छ । खुल्ला ठाउँमा हावा खेल्ने हुँदा चिसो हावाको कारण नानीबाबुहरु बिरामी पर्न सक्दछन् ।

३) घाममा नुहाउन चाहेको खण्डमा शिशाबाट घाम छिर्ने ठाउँलाई रोजेर वा हावा नचलेको बेला नुहाई दिनु पर्ने हुन्छ ।

४) नुहाउनुपूर्व नै बच्चालाई नुहाउने सामग्रीहरु (जस्तो बच्चाको स्याम्पो, साबन, तौली, लोसन, बाथ टव, डाइपर, कपडा, खेलौना आदि) सबै एकै ठाउँमा जम्मा गर्नुहोस् ।

५) सानो बच्चाहरुलाई नुहाउँदा हातमै राखेर नुहाउनु होला । १ वर्ष माथिका बच्चालाई टवमा राखेर नुहाइदिनु होला ।

६) नुहाउनुपूर्व पानीको तापक्रमजाँच गरी पहिले आफ्नै हात डुबाएर अञ्जलीले पानी उठाएर हाली दिनुहोस् । पानी ठिक मनतातो हुनु पर्दछ । ज्यादा तातो वा चिसो पानीले बच्चालाई नुहाइदिनु हुँदैन ।

७) बच्चालाई नुहाउँदा सकभर दुई जना भएर नुहाउनु राम्रो हो । नुहाई सकेपछि तुरुन्त कोमल तौलीयामा बेरेर बाथरुमबाट बाहिर ल्याउनुहोस् र लुगालगाई दिनुहोस् ।

घाममा पनि निकाल्ने गर्नुहोस् 

जाडो लाग्छ भनेर बच्चालाई कोठैमा गुम्स्याएर राख्नु हुँदैन । घाम लागेको बेलामा हावाले असर नगर्ने ठाउँ हेरेर घाम तपाउने गर्नु पर्दछ । घाम ताप्दा भिटामिन डी मिल्दछ ।

सरसफाइमा विशेष ध्यान पु¥याऔँ 

चिसोको मौसममा बच्चाले धेरै पिसाब गर्ने हुँदा बारबार कपडा बदलिरहन सम्भव हुँदैन । यस्तो अवस्थामा डाइपर प्रयोग गर्नु पर्ने हुन्छ । तर डाइपरको ख्याल नराख्दा यहिबाट घाउ पनि हुन सक्छ । डाइपरको प्रयोग गर्दा निम्न कुराहरुको ध्यान दिनुपर्दछ ।

१) डाइपरको साइज ठिक्क हुनु पर्दछ । टाइट डाईपरले घाउ बनाउन सक्दछ भने खुल्ला डाीपर पनि काम गर्दैन ।

२) डाइपर लगाएको बच्चालाई बेला बेलामा डाइपर भिजे नभिजेको चेक गर्दै गर्नुपर्दछ । डाइपर भिजीसकेको भए तुरुन्त फेरिहाल्नु पर्दछ ।

३) दिसा गरेको भए मजाले धोइदिऔ । पिसाब गरेको भए डाइपर बदलिदिऔँ ।

४) हरेक चोटी डाइप बदल्दा डाइपरले घाउ बनायो कि भनेर सजग रहौँ ।

५) डाइपर बदल्दा आफे हात सफा छ भनेर विशेष ध्यान दिऔँ ।

६) डाइपर नलगाएका बच्चाहरुको कपडा भिज्ने बित्तिकै बदलिदिऔँ ।

७) जाडोमा सिङ्गान बग्ने खोकी लाग्ने आदि पनि हुन सक्ने हुँदा नाक र मुखको सरसफाईमा विशेष ध्यान पु¥आऔँ ।

८) खाना खुवाइसकेपछि बच्चालाई राम्रोसँग चुठाऔँ ।

९) धुलो, माटो, बालुवा खानेकुरा आदि लागेको खण्डमा पनि तुरुन्त सफा गरौं  ।

१०) शिशुलाई धुँवा, धुलो, धुम्रपान आदिबाट पनि बचाउनुहोस् ।

यसरी सुताउने

१) बच्चालाई चिसो उठेको बेलामा भन्दा सुतेको बेलामा लाग्न सक्छ । तसर्थ सुतेको बेलामा बच्चालाई न्यानो बनाउने व्यवस्था गरौं ।

२) बच्चा सुताउने बिछ्याउना न्यानो हुन अत्यन्त आवश्यक छ । बच्चा सुताउनु भन्दा पहिले ओछ्यान लगाएर त्यसमाथि हट वाटर ब्याग राखेर ओछ्यान तताउनुहोस् र सुताउन लागेपछि त्यहाँबाट ब्याग हटाउनु होस् ।

३) बिछ्याउना सिरक कपासको हुनु पर्दछ ।

४) ६ महिना सम्मको बच्चाहरुलाई तोरीको सिरानी लगाइदिनु राम्रो हो ।

५) सिरक धेरै बाक्लो हुनहुँदैन ।

६) सुताउँदा विशेषतः ऊनीको जुराफ, पञ्जा, टोपि आदि  लगाएरै सुताई दिऔँ ।

के के खुवाउने जाडोमाः

१) नवजात बालकहरुका लागि आमाको दुध सबैभन्दा उत्तम आहार हो ।

२) खाना वा लिटो खान सक्नेका लागि मल्टीग्रेन पिठोको लिटो खुवाउनु ।

३) हरियो साग–सब्जी, उसिनेको च्याउ अन्य फलफूल आदि पनि खुवाउँदै रहनु पर्दछ । दालको झोल, तरकारीको सूप पनि खुवाउँदै रहनु होला ।

४) दुधमा शुद्ध बेसार हालेर पनि खुवाउँदै रहनु होला ।

५) काजु बदाम किसमिस आदि पिसेर पनि खुवाउन सकिन्छ ।

६) अंकुरित गेडागुडी हालेको खिचडी दलिया आदि खुवाउँदा चिसोमा राम्रो हुन्छ ।

७) तारे भुटेको चिसो प्रकृतिक फलफूल खानेकुरा खुवाउनु हुँदैन ।

लेखक भरतपुर—१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथाप्राकृतिकचिकित्सालयका मेडिकल डाइरेक्टर हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment