+
+
Shares

निरोगी जीवनका लागि खानपानबारे ५० नियम

डा. हेमराज कोइराला डा. हेमराज कोइराला
२०७७ कात्तिक १६ गते १४:२०

१)   भोजन गर्ने एउटा निश्चित समय निर्धारण गरौं र सोहि समयमा नै नियमित रुपमा खाना खाने बानी बसालौँ ।

२)   खाना मस्त भोक लागेपछि मात्र खाने गरौं । भोक नलागी खान खानु स्वास्थ्यको लागि उचित होइन ।

३)   जति खाना खाँदा लागेको भोक शान्त हुन्छ त्यति मात्र खाना लिने गरौं ।

४)   भोकले मागेको भन्दा कम खाँदा क्षुदा शान्त हुँदैन भने कोचीकोची खाँदा पनि पाचनमा समस्या र श्वास फेर्न कठिन हुन्छ, मोटोपन बढ्छ ।

५)   खाना खाँदा स्वच्छ, सफा र शान्त ठाउँमा बसेर खाना खानु पर्दछ ।

डा. हेमराज कोइराला

६)   खाना खानुपूर्व राम्ररी हात धुनु पर्दछ । हात धुन सम्भवत खरानीको प्रयोग गर्नु राम्रो हो । साबुनले हात धुनु स्वास्थ्यकर हैन यसले क्यान्सर जस्तो गम्भीर बिरामी पनि हुन सक्ने खतरा बढाउने तथ्य मेडिकल रिसर्चहरुले देखाएका छन् ।

७)   खाना खान प्रयोग गरिने थाल कचौरा चम्चा गिलास अम्खोरा जस्ता भाँडाकुँडा पनि राम्रोसँग सफा गरी सुकाएको हुन पर्दछ ।

८)   भोजन गर्नुपूर्व घरमा भएका कुकुर, गाई, बिरालो जस्ता हामीमा आश्रित पशुपंक्षी एवं जनावरहरुलाई भोजन गराउनु पर्ने हुन्छ ।

९)   भोजन पूर्व  इष्ट देवताहरुलाई आह्वान गरी भोजनलाई परमात्माको प्रसादको रुपमा ग्रहण गर्नुपर्छ ।

१०)  भोजन लिइसकेपछि पहिलो गाँसलाई राम्ररी चपाएर निल्नुपर्छ । पहिलो गास चबाएर धुलोपिठो नपारेसम्म दोस्रो गास लिनु हुँदैन ।

११)  भोजनलाई तार्ने, भुट्ने, धेरै चिल्लो, नूनअमिलो पिरो हाल्ने भन्दा पनि भोजनकै प्राकृतिक स्वादमा लिने गर्नु पर्दछ ।

१२)  भोजन एकाग्र भएर शान्त चित्तले गर्नुपर्दछ ।

१३)  रातको शयन समयभन्दा ३ घण्टा पूर्व नै भोजन गरिसक्नु पर्दछ ।

१४)  दुई भोजनहरुको बिचमा ५-.६ घण्टाको अन्तराल हुन जरुरी  छ । एक पल्ट भोजन गरिसकेपछि बिचमा हल्काफुल्का लिने ।

१५)  चिन्तित, शोकाकुल, थकित, डराएको र हडबडको अवस्थामा भोजन गर्नु हुँदैन ।

१६)  सुतेर उठ्ने बित्तिकै पनि भोजन गरिहाल्नु हुँदैन ।

१७)  भोजन सकभर मौनमा नै भोजन गर्दा राम्रो हो । बोल्नै परे पनि भोजन ग्रहणसँग सम्बन्धित कुरामात्र बोल्ने गरौं ।

१८)  भोजन गर्दा व्यापार, घरपरिवार राजनितीवा समाजका अन्य विषयहरुको बारेमा बोल्नु हुँदैन ।

१९)  बिहान बे्रकफाष्ट लिने बानी बसालौं । ब्रेकफाष्ट स्वस्थकर र अलि धेरै भएपनि फरक पर्दैन ।

२०)  बिहान दिउँसो र बेलुकाको खाना खाने निश्चित समय निर्धारण गर्नु पर्दछ ।

२१)  बासी खानेकुराहरुको प्रयोग स्वास्थ्यको लागि कदापि राम्रो होइन । खाना आपैmले बनाएको र बनाएको ३ घण्टा भित्र खाइसक्नु पर्दछ ।

२२)  बोटलबन्द, बट्टाबन्द, प्याकिङ्ग गरेर बेचिएका जंङ्क फुडहरुको सेवन गर्नु हुँदैन । जंङ्क फुड मुखको स्वादमा लागि मात्र हो । यसका क्यालोरी बाहेक खासै अन्य पौष्टिक तत्वहरु हुँदैन तसर्थ जंङ्क फुडको प्रयोग नगरौं ।

२३)  जूठो खानाको प्रयोग नगरौं ।

२४)  घाँटीमा पीडा, पेटको गडबडी, पखाला चल्ने पेट दुख्ने गरेको बेलामा पनि खाना नखानुहोला ।

२५)  पचाउन कठिन गरिष्ठ भोजनको सेवन पनि गर्नु हुँदैन ।

२६)  भोजन गर्दा पानी नपिऔं  । पानी भोजनको ३० मिनेट पहिले नै पिएको र भोजन पश्चात १ घण्टासम्म नपिएको राम्रो हो ।

२७)  भोजन गर्ने घण्टालाई छोडेर अन्य १–१ घण्टामा पनि पिउनु पर्दछ ।

२८)  सेता चिनी, मैदा, पालिस गरेको चामल र फाइबर झिकिएका÷हटाइएका प्रशोधित खानेकुरा नखाऔं ।

२९)  खानामा सकेसम्म चिल्लोको मात्रा कटौती गरौं ।

३०)  अमिलो, पिरो र अत्याधिक मसलाको प्रयोग नगरौं । स्वस्थ तरिकाले प्रयोग गरिएका मसलाहरुको प्रयोगले हानी गर्दैन तर मसलालाई तार्दा, भुट्दा र पड्काउदा अत्यन्त हानीकारक र विषाक्त बन्दछ ।

३१)  चिया, कफी, बर्नभिटा, हर्लिक्स जस्ता पेय स्वास्थ्यका लागि राम्रो होइन । यी पेयहरुको प्रयोग नगरौं ।

३२)  कोकाकोला, पेप्सीकोला, फेन्ट, मिरिन्टा, डिउ, स्प्राइट जस्ता कार्बोनेट्ड पेय पनि स्वास्थ्यको  लागि अत्यन्त हानिकारक छ । यसर्थ यी पेयहरुको पनि प्रयोग नगरौं ।

३३)  हप्ताको एकदिन उपवास गर्ने बानी बसालौँ÷उपवास बस्दा सकभर पर्याप्त पानी मात्र पिएर बस्ने गरौं । पानीमा मात्र उपवास बस्न नसके मौसम अनुसारको फलपूmलको रसमा उपवास बस्ने गरौं ।

३४)  खस्रो मोटा अन्नहरुलाई खानमा समावेश गरौं । कोदो, मकै, फापर, जवार, बाजरा, कागुनी, सामा, जुनेलो, जौ जस्ता खस्रा मोटा अन्नहरुमा यथेष्ट मात्रामा फाइबर (रेशार चोकर) र पूर्ण पोषक तत्वहरु पाइन्छ ।

३५)  फलपूmलतथा तरकारीको प्रयोगपनि यथेष्ट मात्रागर्ने गरौँ । खानामा हरियो सब्जीकहिले पनि नटुटाऔँ ।

३६)  फलपूmल तथा तरकारीलाई सदैव खानु पूर्व २० मिनेट  जति नुनपानीको घोलमा डुबाएर प्रयोग गर्ने गरौं । यसो गर्दा ९५% तरकारीका विषहरु निष्तेज हुन्छन् ।

३७)  भोजन गर्दा टेलिभिजन हेर्ने, पत्रिका पढ्ने, रेडियो सुन्ने, फोनमा कुरा गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन ।

३८)  भोजन गरिसक्ने बित्तिकै शारीरिक एवम् मानसिक श्रम गर्दै नगरौं ।

३९)  भोजन पूर्व र पश्चात भावनालाई बसिभूत गरौं । भोजन पूर्व र पश्चात रिसाउने, डराउने, चिन्तित हुने लोभी र मोहित हुने गर्नु हुँदैन ।

४०)  भोजन पश्चात तुरुन्त मलमूत्र त्याग गर्ने बानी राम्रो होइन ।

४१)  धेरै तातो वा धेरै चिसो वस्तुहरुको सेवन पनि राम्रो होइन ।

४२)  भोजन गर्दा केही पिउनै प¥यो भने मोही,  दालको झोल वा ताजा भेजसूप पिउने गरौं ।

४३)  भोजन गरेको ३ घण्टा सम्म यौन सम्पर्क गर्नु हुँदैन ।

४४)  चिसो, अमिलो एवम् फरमेण्टेसन हुनसक्ने खानेकुराहरु राति खानु हुँदैन ।

४५)  राती सलादको प्रयोग पनि स्वास्थ्यप्रद हैन । सलाद सकभर बिहानै खानु, नभएनि घाम छँदै खाई सक्नु ।

४६)  मुत्र त्याग गरेको १० मिनेट सम्म केही खानेकुरा खानुहुँदैन ।

४७)  कडा परिश्रम गरेको समयमा, पसिना बगिरहेको अवस्थामा शरीर सिथिल नभएसम्म कुनै पनि खाद्य एवम् पेय सेवन गर्नुहुन्न ।

४८)  खाना खाएपछि कहिले पनि स्नानगर्नु हुँदैन । स्नान गरेको ३० मिनेट पश्चात नै खाना खानु राम्रो हो ।

४९) धरै तातो र धरै चिसो खानेकुरां खादाँ हाम्रो पाचनक्रियामा हानिकारक प्रभाव पर्ने     हुदाँ यस्तो खाना खानु हुदैन ।

५०) कडा परिश्रम गरेर आए पछि तुरुन्तै पानी पिउनु हुदैन ।

लेखक योगी नरहरिनाथ योग तथाप्राकृतिकचिकित्सालय भरतपुर–१ वागीश्वरी चितवानका मेडिकल डाईरेक्टर हुन्

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?