Comments Add Comment

कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु

१८ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ६ जना, सुनसरीका ५ जना, कास्कीका ४ जना, सप्तरीका ३ जना, मोरङ र बागलुङका २/२ जना, उदयपुर, सिरहा, भक्तपुर, तनहुँ र दाङका १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जानकारी दिएका छन् ।

  • विराटनगर महानगरपालिका– १५ मोरङकी ५५ वर्षकी महिलाको मंगलबार दिउँसो ४ बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको उनको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
  • विराटनगर महानगरपालिका– ११ मोरङका ४९ वर्षका पुरुषको मंगलबार विहान ३ ः ३० बजे बिराटनगर न्युरो अस्पतालको कोभिड –१९ उपचार केन्द्रमा मृत्यु भएको छ । १४ कात्तिकमा अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • इनरुवा नगरपालिका– १ सुनसरीकी ४५ वर्षकी महिलाको मंगलबार दिउँसो साढे २ बजे विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।
  • इटहरी उपमहानगरपालिका– ३ सुनसरीका ४८ वर्षका कोरोना संक्रमित पुरुषको सोमबार साँझ ७ बजे विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनी ३ कात्तिकमा भर्ना भएका थिए ।
  • धरान उपमहानगरपालिका– १६ सुनसरीका ७६ वर्षका पुरुषको मंगलबार विहान विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि कात्तिक ९ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
  • धरान उपमहानगरपालिका–१५ सुनसरीका ६३ वर्षका पुरुषको मंगलबार विहान ३ : ५० बजे विराटनगरको न्युरो अस्पतालको कोभिड– १९ उपचार केन्द्रमा मृत्यु भएको छ । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक १२ गते अस्पताल भर्ना भएका थिए ।
  • धरान उपमहानरगपालिका– ९ सुनसरीका ६१ वर्षकी महिलाको मंगलबार दिउँसो मृत्यु भएको छ । कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको उनलाई कात्तिक १८ गते अस्पताल भर्ना गरिएको थियो ।
  • चौदण्डीगढी नगरपालिका–६ उदयपुरका ४८ वर्षका पुरुषको सोमबार साति १२ बजेतिर मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।
  • सुखीपुर सिराहाका ७४ वर्षका पुरुषको सोमबार राति ११ बजेतिर विराट शिक्ष(ा अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी कात्तिक १५ गते अस्पताल भर्ना भएका थिए ।
  • हनुमाननगर कंकालिनी नगरपालिका–२ सप्तरीका ५३ वर्षका पुरुषको न्युरो अस्पताल विराटनगरको कोभिड उपचार केन्द्रमा सोमबार राति मृत्यु भएको छ । ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएपछि कात्तिक १४ गते विराट अस्पताल भर्ना भएका उनमा कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई न्युरो अस्पताल पठाइएको थियो ।
  • महादेवा गाउँपालिका– ६ सप्तरीका ३० वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरामा सोमबार राति मृत्यु भएको छ । झाडापखाला लागेपछि आइतबार अस्पताल भर्ना भएका उनमा मृत्युपछि कोरोना संक्रमण देखिएको हो ।
  • अग्निसाइर कृष्णसावरण गाउँपालिका– ५ सप्तरीका ६२ वर्षका पुरुषको विराटनगरको नोबेल मेडिकल कलेजमा कात्तिक १३ गते मृत्यु भएको छ । उनको मृत्युपछि मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो आएपछि कात्तिक ८ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १२ गते संक्रमण पुष्टि भएको थियो ।
  • तारकेश्वर नगरपालिका काठमाडौंका ५६ वर्षका पुरुषको कात्तिक १६ गते मृत्यु भएको छ । निमोनिया र मुटुको समस्या भई कात्तिक १५ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १६ गते संक्रमण पुष्टि भएको थियो ।
  • टोखा नगरपालिका काठमाडौंका ९७ वर्षका पुरुषको कात्तिक १७ गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक १५ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १६ गते संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंका ८४ वर्षका पुरुषको कात्तिक १७ गते मृत्यु भएको छ । निमोनिया र मुटुको समस्या भई कात्तिक १६ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १७ गते संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलाका बिरामी थिए ।
  • काठमाडौंकी ७१ वर्षकी महिलाको मंगलबार निधन भएको छ । निमोनिया भई कात्तिक ११ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनी दमको बिरामी थिइन् ।
  • काठमाडौंका ७० वर्षका पुरुषको कात्तिक १६ गते मृत्यु भएको छ । असोज २० गते संक्रमण पुष्टि भएको र निमोनिया भई असोज २५ गते अस्पताल भर्ना भएका उनी दम, उच्च रक्तचाप र मधुमेहका बिरामी थिए ।
  • काठमाडौंका ७५ वर्षका पुरुषको मंगलबार मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएका उनमा त्यसै दिन संक्रमण पुष्टि भएको थियो ।
  • थिमी भक्तपुरका २० वर्षका पुरुषको मंगलबार मृत्यु भएको छ । निमोनिया, शक र मुटुको समस्या भई कात्तिक १७ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलाका बिरामी थिए ।
  • पोखरा महानगरपालिका–५ कास्कीका ५९ वर्षकी महिलाको सोमबार राति ११ बजे मृत्यु भएको छ । उनलाई कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका– १६ कास्कीका ५५ वर्षका पुरुषको मंगलबार दिउँसो पौने १२ बजे मृत्यु भएको छ । उनमा कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–६ कास्कीका ७२ वर्षका पुरुषको सोमबार विहान ४ : १५ बजे मृत्यु भएको छ । उनमा कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–३ कास्कीका ५२ वर्षका पुरुषको सोमबार विहान ११ः४५ बजे मृत्यु भएको छ । उनमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • बागलुङ नगरपालिका– ३ बागलुङका ६६ वर्षका कोरोना संक्रमित पुरुषको मंगलबार विहान १० : २० बजे मृत्यु भएको छ ।
  • बागलुङ नगरपालिका– ३ बागलुङका ६१ वर्षका पुरुषको सोमबार बेलुकी ५ : ३० बजे मृत्यु भएको छ । उनलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • ब्यास नगरपालिका – ५ तनहुँका ६६ वर्षका पुरुषको सोमबार विहान २ : १५ बजे मृत्यु भएको छ । उनमा कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • घोराही उपमहानगरपालिका–१० दाङकी ६५ वर्षकी महिलाको मंगलबार दिउँसो ३ बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । कात्तिक १७ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment