Comments Add Comment

‘राम जन्मभूमिबारे खोज अनुसन्धान अघि बढ्छ’

१९ कात्तिक, वीरगञ्ज । मधेसीआयोगका अध्यक्ष डा. विजयकुमार दत्तले त्रेतायुगका मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जन्मभूमिको बारेमा खोज, अनुसन्धानका कार्य अघि बढ्ने बताएका छन् ।

बुधबार ठोरी पुगेका मधेसी आयोगका अध्यक्ष दत्तले प्रधानमन्त्रीले बेतुकको कुरा नगरेको भन्दै उनले पुरातत्वविदको उच्चस्तरीय सरकारी टोलीले खोज, अनुसन्धान गर्ने जानकारी दिए ।

ठोरीमा विशाल राम मन्दिर बनाउनुपर्ने बताउँदै उनले ठोरी गाउँपालिका र सम्बन्धित वडाले त्यसका निमित्त अहम् भूमिका खेल्नुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा त्रेतायुगका रामको जन्म ठोरीमा भएको बताएपछि ठोरी चर्चामा छ ।

ठोरीमा प्रकाश खनालको अध्यक्षतामा राम जन्मभूमि क्षेत्र विकास समिति गठन गरेर सीता गुफालगायतका क्षेत्रको संरक्षण र राम जन्मभूमिका बारेमा अन्य प्रमाण संकलनका लागि स्थानीय लागि परेका छन् ।

ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले राम मन्दिर बनाउन ५ करोडको डीपीआर तयार गरी पर्यटन मन्त्रालयमा पेस गरेको, गाउँपालिकाको बजेटले रामसीता मन्दिर बनाउने, रामको अग्लो मूर्ति बनाउने तथा सीतागुफा जानका लागि झुलुङ्गेपुलको व्यवस्था गरिने बताए ।

ठोरी-२ का वडाध्यक्ष किशोर तामाङले राम जन्मभूमिको विकासको लागि सरकारले गर्ने हरेक काममा स्थानीयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment