Comments Add Comment

माइक्रोसफ्ट टिम्समा अब एकैपटक १००० जना जोडिन सक्ने

लोकप्रिय भिडियो कन्फ्रे न्सिङ प्लाटर्फम माइक्रोसफ्ट टिम्समा अहिले अधिकतम ३ सय जना मानिसले एकैपटक जोडिएर भिडियो कन्फ्रेन्सिङमा सहभागी हुन सक्दछन् ।

तर महामारीका कारण विश्वमा बढिरहेको भिडियो कन्फ्रे  न्सिङको दरलाई मध्यनजर गर्दै माइक्रोसफ्ट कम्पनीले आफ्नो भिडियो कन्फ्रेन्सिङ प्लाटर्फममा सहभागीको संख्या बढाउने तयारी गरेको छ । जस अनुसार अब निकट भविष्यमा माइक्रोसफ्ट टिम्समा एकैपटकमा १ हजार जना सहभागी भएर भिडियो कन्फ्रेन्सिङ गर्न सक्नेछन् ।

आफ्नो ०००० योजना अन्तर्गत कम्पनीले यस्तो खुलासा गरेको हो । जसमा कम्पनीले भनेको छ, ‘अब १ हजार जना सम्म सहभागी भएर अन्तरक्रियात्मक बैठक गर्नुस् ।’

यद्यपि माइक्रोसफ्ट टिम्समा सहभागी संख्याको सीमा कहिले बढ्ने भन्ने मिति टुंगो लागिसकेको छैन । गत जुलाई देखि नै तयारी सुरु गरिएको यो फिचर आगामी डिसेम्बरमा लञ्च हुने अपेक्षा गरिएको छ ।

गत अगष्टमा माइक्रोसफ्टले नयाँ उच्चस्तरीय सञ्चार योजनाको घोषणा गर्दै माइक्रोसफ्ट ३६५ तथा अफिस ३६५ का सशुल्क प्रयोगकर्ताले लाइभ इभेन्टमा २० हजारसम्म सहभागी माइक्रोसफ्ट टिम्समा जोडिनसक्ने फिचर सुरु गरेको थियो ।

माइक्रोसफ्ट कम्पनीका सीईओ सत्य नादेलाले गत हप्ता एक घोषणा गर्दै माइक्रोसफ्ट टिम्सका दैनिक प्रयोगकर्ता ११ करोड ५० लाख रहेको जानकारी दिएका थिए । उनका अनुसार माइक्रोसफ्ट टिम्समा अहिले दैनिक ३० अर्ब मिनेट अन्तरक्रिया हुने गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment