Comments Add Comment

फोटोन मोटर ‘भ्यु सीटु १५ सिटर’ बजारमा

फोटोन मोटर्सको लागि नेपालमा आधिकारिक बिक्रेता एम.ए.डब्ल्यू.भिद्दि कमर्सियल.प्रालिले नयाँ गाडी भ्यु सीटु १५ सिटर लिएर आउने भएको छ ।

फोटनले विश्वभरि विश्वस्तरिय कमर्सियल गाडीहरु बिक्री प्रदान गर्दै आइरहेको छ । फोटन मोटरस् नेपालको पनि नेपाली बजारमा बिभिन्न मोडलका फोटन गाडीहरुको बढ्दो क्रम जारी छ । तेसैले गर्दा भ्यु सी यस २ एल १९ सिटरको सफल सुरुवातले गर्दा एम.ए.डब्ल्यू.भिर्द्दिले यो नयाँ गाडी भ्यु सीटु १५ सिटर नेपाल भित्रियाउन प्रोतसाहित देखिन्छ । यो गाडी नेपालमा २०२१ को सुरुवातमा भित्रिनिनेे प्रवल संभावना छ ।

यो गाडीको आर्कषक लुक र इसटाईले गर्दा सबैको आखाँ यो गाडीमा सजिलै जान्छ । जसरी फोटनले आफ्नो गाडीहरुमा विश्वस्तरिए इन्जनहरुको समाबेश गर्छ त्यसरीनै यो गाडीमा पनि विश्वस्तरिए इन्जनहरु र सुरक्षा मापदण्डहरु अपनाइएको देखिन्छ ।

फोटनले यो कैटागोरीमा आफ्नो १५ सिटर गाडी सबैभन्दा बढी किफायती सुलभ र आन्नदमयी जनाएको छ र यसको लागि फोटनले रिसर्च एण्ड डेभलोप्मेन्टमा एकदमै समय तथा आर्थिक र्खच गरेको छ । जसरी अरु वातावरण लाई ध्यानमा राखेर बनाईएका गाडीहरु हुन्छन् । त्यसैगरी फोटनको १५ सिटर पनि बनाईएको छ जसले  शून्य कार्बनडायोक्साईड उत्पन्न गर्छ ।

विश्वभरिका ७० वैज्ञानीकहरु भन्दा बढी सँगै भएर फोटोनको टेक्नोलोजि सेन्टरमा कार्यरत छन् । यसैले गर्दा फोटोनले आफ्नो गाडीहरुमा टेक्नोलोजिको राम्रो प्रायोग गरेको पाईन्छ जुन भ्यु सीटु १५ सिटरमा पनि राम्रो सँग इन्टरग्रोट गरिएको छ ।

जसले व्यवसायक साधनहरुमा लगानी गर्न खोजिरहनु भएको छ फोटोन को १५ सिटर फाईदा जनक साबित हुन सक्नेछ । यस गाडीको मूल्य ४० देखि ५० लाख सम्म पर्ने अनुमानित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment