+
+
Shares

मिलनको फिल्ममा आँचल

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते ११:२७

अभिनेत्री आँचल शर्मा चलचित्र निर्माणमा पनि अगाडि आउने भएकी छिन् । तर, यसका लागि केही समय भने लाग्नेछ । यो विचमा नायिका आाचल शर्माले निर्देशक मिलन चाम्सको चलचित्रमा पनि काम गर्नेछिन् । मिलनले ३ वटा चलचित्र बनाउने तयारी थालेका छन् । एउटा चलचित्रमा उनले नायिकाको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुवन्धित गरिसकेका छन् ।

मिलनका अनुसार, उनले चाडै नै आँचलसँग पनि काम गर्नेछन् । मिलनले भने–‘कुन चलचित्रमा आँचल हुन्छिन्, अहिले नै भन्न सकिने अवस्था छैन । तर, आँचलको चलचित्रप्रतिको लगाव र उनको मिहिनेतले मलाई प्रभावित बनाएको छ । उनीसँग म चाडै नै एउटा चलचित्रमा काम गर्दैछु ।’

नायिका आँचल शर्माले बक्सिङ सिकिरहेकी छिन् । साथै, उनले आफूलाई मेन्टेन राख्न पनि जीम धाइरहेकी छिन् । आँचल बिहेपछि बदलिएकी छिन् । आँचल आफै पनि आफू बदलिएको स्विकार गर्छिन् ।

निर्देशक मिलन चाम्स र नायिका आँचल शर्माले लकडाउनपछि केही म्यूजिक भिडियोमा काम गरे । उनीहरुको टिमअप भिडियोमा काम गरेपछि नै भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?