Comments Add Comment

तीनै जना प्रस्तावित राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन

२७ कात्तिक, काठमाडौं । डा. युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । बिहीबार लामो छलफलपछि समितिले तीनै जनाको नाम अनुमोदन गरेको हो ।

गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिका अनुसार खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी तोकिएको समयभित्र परेका थिए । अर्को एउटा उजुरी मिति गुज्रिएपछि आएको थियो । तर उजुरीकर्ताहरु सम्पर्कविहीन थिए ।

उजुरीकर्ता नै सम्पर्कमा नआएपछि सुनुवाइ समितिले यही कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन भनेको थियो ।

बिहीबार समितिको बैठकमा पनि उजुरीकर्ता सम्पर्कमा नआएपछि बिहीबारको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो । राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment