Comments Add Comment

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

फाइल तस्वीर

२७ कात्तिक, डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म परीक्षण भएका एक लाख ११ हजार आठ सय ७६ स्वाबमध्ये १० हजार ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म एक लाख १२ हजार सात सय ५६ जनाको स्वाब संकलन गरिएकोमा ८ सय ८० जनाको नमुना परीक्षण हुन बाँकी छ ।

प्रदेशका चार जिल्लामा संक्रमितहरुको संख्या एक हजार नाघेको निर्देशनालयको तथ्यांकले देखाएको छ । कैलालीमा सवैभन्दा बढी ४ हजार २ सय १३ संक्रमित पत्ता लागेका छन् । यस्तै डोटीमा १ हजार ३ सय २७, अछाममा १ हजार १ सय ८८ र कञ्चनपुरमा १ हजार १ सय ५४ जना संक्रमित पत्ता लागेका छन् । बझाङमा ६ सय ९३, बैतडीमा ५ सय १३, बाजुरामा ४ सय ७२, डडेल्धुरामा ४ सय ७१ र दार्चुलामा २ सय ८३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । अन्य जिल्ला घर भई यस प्रदेशमा रहेका २२ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

३० संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भएको छ ।

काेरोनाबाट सबै भन्दाबढी  कैलालीमा १६ जनाको मृत्यु भएको छ । यस्तै बझाङमा ३ जनाको ज्यान गएको छ ।  यस्तै अछाम, बाजुरा, डडेल्धुरा र कञ्चनपुरमा दुई/दुई जनाले ज्यान गुमाएका छन् । डोटी, दार्चुला र बैतडीमा एक/एकजनाले ज्यान गुमाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

८ हजार ७३८ जना कोराना संक्रमणमुक्त

सुदूरपश्चिमका कुल संक्रमितहरुमध्ये ८ हजार ७ सय ३८ जनाले कोरोना जितेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार साँझसम्म कैलालीका ३ हजार ५ सय ८३ जना संक्रमितहरु निको भएर घर गएका छन् । यस्तै डोटीका १ हजार १ सय ९८, अछामका १ हजार १ सय १० र कञ्चनपुरका १ हजार १७ जना कोरोना मुक्त भएका छन् ।

बझाङका ४ सय ७१, बैतडीका ४ सय ५९, बाजुराका ४ सय ५१, डडेल्धुराका ३ सय ७७ र दार्चुलाका ७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस प्रदेशमा १ हजार ५ सय ६८ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सोमबार साँझसम्म पाँचजना संक्रमितहरुको आईसीयूमा उपचार भइरहेको छ । यस्तै तीन सय ४८ जना बिभिन्न अस्पतालका आइसोलेसनमा र एक हजार ६८ जना होम आइसोलेसनमा रहेका निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment