Comments Add Comment

यी आइफोनमा प्राप्त हुनेछैन आइओएस १५ को अपडेट

काठमाडौं । अधिकांश एन्ड्रोइड स्मार्टफोन कम्पनीहरुले आफ्ना पूराना स्मार्टफोनहरुमा २/३ वर्षपछि नयाँ अपडेट दिन बन्द गर्दछन् । तर एप्पलको हकमा यस्तो छैन ।

एप्पलका डिभाइसहरुमा कम्तिमा पनि पाँच वर्षसम्म अपडेट्स प्राप्त हुने गरेको छ । हालै एप्पलको आसन्न अपरेटङ सिस्टम आइओएस १५ को अपडेट मात्र हुने आइफोनहरुको सूचि सार्वजनिक भएको छ ।

सार्वजनिक भएको सूचि अनुसार आइफोन १५ को अपडेट आइफोन SE (पहिलो पुस्ता) , आइफोन सिक्स एस तथा आइफोन सिक्स एस प्लस लगायतका फोनमा प्राप्त हुनेछैन । उल्लेखित फोनमा आइओएस १४ को अपडेटचाहिँ दिइएको थियो ।

एप्पलले आगामी वर्ष आइओएस १५ जारी गर्नेछ । The Verifier का तर्फबाट सार्वजनिक भएका आइओएस १५ सँग सम्बन्धित जानकारीका अनुसार पाँच वर्ष पूराना आइफोन सिक्स सिरिजमा नयाँ अपरेटिङ सिस्टमको अपडेट प्राप्त हुनेछैन ।

आइओएस १५ को अपडेट प्राप्त हुने आइफोनका मोडेलहरु यी हुन् :

– 2021 iPhone lineup
– iPhone 12 Pro Max
– iPhone 12 Pro
– iPhone-12 mini
– iPhone 12
– iPhone 11
– iPhone-11 Pro
– iPhone 11 Pro Max
– iPhone XS
– iPhone-XS Max
– iPhone XR
– iPhone X
– iPhone-8
– iPhone 8 Plus
– iPhone 7
– iPhone-7 Plus
– iPhone SE (2nd generation)
– iPod touch (7th generation)

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment