+
+
Shares

नेपालका परराष्ट्रमन्त्रीको भ्रमणको गृहकार्य भइरहेको छ : भारत

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १८ गते १८:२८

१८ मंसिर, काठमाडौं । भारतले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको मिति तय गर्ने गृहकार्य भइरहेको जानकारी दिएको छ ।

भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा नेपालका परराष्ट्रमन्त्रीको भ्रमणको बारेमा सोधिएको प्रश्नमा प्रवक्ता अनुराग श्रीवास्तवले सो कुरा बताएका हुन् ।

उनले भने, ‘हाम्रो भारतीय सचिवले हालै गरेको नेपाल भ्रमणको समयमा नेपालका परराष्ट्रमन्त्रीलाई संयुक्त आयोगको वैठकमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ । अहिले मिति तय गर्ने गृहकार्य भइरहेको छ ।’ मन्त्री ज्ञवालीले डिसेम्बरको दोस्रो साता भ्रमण गर्नेगरी गृहकार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?