Comments Add Comment

निरञ्जन कुँवरको ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ बजारमा

लेखक निरञ्जन कुँवरको अङ्ग्रेजी पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक गरिएको छ ।

पुस्तकमार्फत लेखक कुँवरले लैङ्गिक पहिचान, समलिङ्गी सम्बन्ध र रूढिवादी नेपाली समाजमा आफ्नो स्वअस्तित्वको खोज गरेका छन् ।

सार्वजनिकीकरण कार्यक्रममा बोल्दै लेखिका मञ्जुश्री थापाले पुस्तक असाध्यै राम्रोसँग लेखिएको, लयात्मक र मन छुने रहेको बताइन् । ‘यो महत्वपूर्ण पुस्तक हो । यसले लैङ्गिक अल्पसङ्ख्यकलाई आफ्नो लैंगिकता र पहिचानबारे बोल्ने भाषा दिएको छ,’ उनले भनिन् ।

पुस्तकमाथि टिप्पणी गर्दै अर्का वक्ता ब्लगर लेक्स लिम्बुले भने, ‘सन् २०१८ मा निरञ्जन कुँवरले यो पुस्तक लेख्दै छु भनेर सुनाउँदा औधी खुसी भएको थिएँ । हामीलाई चाहिएका नै यस्ता कुराहरु हुन् । त्यो पनि धेरै सङ्ख्यामा ।’

युवा वयस्कताको सुरुवाती समयमै नेपाली गे पुरुषका रुपमा मेरा अनुभवबारे लेख्ने प्रेरणा आफूलाई मिलेको लेखक कुँवरले बताए । ‘त्यो प्रेरणाका पछाडि नेपाली साहित्यिक धरातलमा ठूलो खाडल छ भन्ने ज्ञान थियो कि सायद, जब मैले नेपाल फर्कने निर्णय गरें, त्यो मुख्यतः लेख्नका लागि नै थियो,’ उनले भने, ‘अन्य कुनै काममा झैं लेखनका लागि अभ्यास र प्रतिबद्धता चाहिन्छ । म खुसी छु, मैले त्यो उद्देश्य प्राप्त गर्न सकें ।’

फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ७ सइ ४६ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment