+
+
Shares

विराटनगरका विद्यालय पुस २ गतेदेखि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २२ गते १५:०१

२२ मंसिर, विराटनगर । कोरोना महामारीका कारण बन्द रहेका विराटनगरका विद्यालय पुस २ गतेदेखि खुल्ने भएका छन् । विराटनगर महानगपालिकाले कोरोना जोखिम कम भएको निष्कर्ष निकाल्दै पुस २ गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार विराटनगरमा दुई सिफ्टमा कक्षा सञ्चालन हुनेछ । बिहान र दिउँसोको कक्षा सञ्चालन गर्ने बताउँदै उनले विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालनमा पनि सहभागी गराइने बताए ।

कोरोना महामारीका कारण ११ चैतयता विद्यालयले भौतिकरुपमा कक्षा सञ्चालन गर्न पाएका छैनन् । ‘स्कुल खोल्न अघि अभिभावकसँग छलफल हुन्छ, सतर्कतासहित कक्षा सञ्चालन हुनेछ,’ उनले भने, ‘जोखिम कम भएकाले विद्यालय खुला गर्ने निर्णय भएको हो ।’

विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ६ हजार ८८३ छ । पछिल्लो समय संक्रमण निरन्तर घट्दो क्रममा रहेको मेयर पराजुलीले बताए । कोरोना संक्रमणको चेन ब्रेक भएको बताउँदै उनले सतर्कताका साथ विद्यालय सञ्चालन गरिने निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?