Comments Add Comment

नाभीको सफाइसँग कसरी जोडिएको छ शिशुको स्वास्थ्य ?

नाभी हाम्रो शरीरको झट्ट हेर्दा बेकामको जस्तो लाग्ने अंग हो । यो झट्ट हेर्दा बेकामको लागे पनि यो शरीरको संवेदनशील अंग हो । यही अंग बच्चाको शरीरको लागि झनै महत्वपूर्ण हुन्छ ।

बेबी बेली बटन अर्थात् बच्चाको नाभी बारेमा त धेरै मान्छे जानकार छन् । यदि कसैलाई यसको बारेमा जानकारी छैन भने यो कति संवेदनशील हुन्छ भन्ने कुरा जान्नै पर्ने हुन्छ । ‘बेबी बेली बटन’ (नाभी)को कसरी रेखदेख गर्ने र यसको आवश्यकता कति हुन्छ ?

जतिबेला शिशुले जन्म लिन्छ, त्यतिबेलादेखि नै उसको नाभीलाई सफा गर्नुपर्ने हुन्छ । किनकि यो समय एकदमै नाजुक हुने गर्छ । यो अवस्थामा उनीहरुको नाभी चलाउनु पनि संवेदनशील खालको हुन्छ । यसलाई सफा गर्दा यसको संवेदनशीलतालाई ध्यान दिन सकिएन भने बच्चाको नाभी झनै फुलेर जान सक्छ ।

नाभी के हो ?

अँग्रेजीमा बेबी बेली बटनलाई संस्कृत भाषामा नाभी र नेपालीमा नाइटो भनिन्छ । जब बच्चा जन्मिन्छ, बच्चाको नाभी नाजुक अवस्थामा हुन्छ । कहिलेकाहीँ नाभी दुर्गन्धित हुन्छ वा पानी भरिन्छ । जसले बच्चालाई दुखाइको महसुस गराउन सक्छ । त्यसकारण बच्चाको नाभी सफा राख्नु र उनीहरूको ख्याल राख्नु महत्वपूर्ण कुरा हो ।

बच्चाको नाइटो कसरी सफा गर्ने ?

बच्चाको नाइटो सफा गर्नको लागि रुइमा हल्का तेल लगाउनुहोस् । यसरी बिस्तारै बच्चाको नाभीको सफाइ गर्न सकिन्छ ।

–यसरी नाइटो बिस्तारै तेलले भिजेपछि नरम हातले बिस्तारै थपथपाउनुहोस् ।

–बच्चालाई डाइफर लगाउनुभन्दा पहिले ध्यान दिनुहोस् कि त्यो नाभीमा नपरोस् ।

–नुहाइदिने समय हल्का रुपमा नाभीलाई सफा गर्नुहोस् । –त्यसपछि सकेसम्म यसलाई सुख्खा राख्नुहोस् ।

यही तरिकाले तपाईं आफ्नो बच्चाको नाभीको रेखदेख गर्न सकिन्छ । बच्चाको जबसम्म गर्भनाल खस्दैन तबसम्म बच्चालाई बढी समस्याको महसुस हुन्छ । केही दिनपछि जब नाभीको त्यो भाग सुक्छ त्यसपछि बच्चाले आराम महसुस गर्छ । कतिपयको ठूलो हुँदासम्म पनि नाभी बाहिर निस्किएको देखिन्छ । यो जन्मको समयमा बच्चाको नाभीलाई उपेक्षित गर्दाको परिणाम हो ।

नाभी बाहिर निस्कनु आफैँमा ठूलो समस्या भने होइन । तर देख्दा भने बाहिर निस्किएको नाभी राम्रो देखिँदैन । नाभीमा पानी भरिने डरले भने सम्भावित स्वास्थ्य जोखिम बढाउने गर्छ । यी सबै समस्याहरूबाट बच्नको लागि समयसमयमा नाभी सफा गरिरहनुपर्छ ।

त्यसैले, बच्चाहरू सानो हुँदा नै नाभीको रेखदेख गर्नुपर्छ । यसका लागि के–के गर्ने भनेर चिकित्सकसँग सल्लाह लिन सक्नुहुन्छ । नाभी मानव शरीरको एउटा सानो र कामविहीन लाग्ने हिस्सा हो । आमाको पेटमा बढ्दो उमेरका बच्चालाई पोषण दिनको लागि पनि यो मार्ग प्रयोग गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment