Comments Add Comment

‘चिसो मान्छे’मा स्वस्तिमालाई १८ लाख पारिश्रमिक

नायिका स्वस्तिमा खड्काले चलचित्र ‘चिसो मान्छे’मा १८ लाख पारिश्रमिक वुझेकी छिन् । स्वस्तिमाले चलचित्र करिअरमा वुझेको सबैभन्दा महंगो पारिश्रमिक यही नै हो । दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । यो टिमसँग स्वस्तिमाले चलचित्र ‘लभ लभ लभ’मा काम गरेकी थिइन् ।

स्वस्तिमालाई महंगो पारिश्रमिक दिएको निर्मात्री पाण्डेले स्विकार गरिन् । यस्तै, निर्देशक खनालले अनलाइनखबरसँग भने–‘यो चलचित्र यती दिनको सेड्यूलमा खिच्ने भन्ने नै छैन । चलचित्रका लागि ६ महिनाको समय पनि कलाकारले दिनुपर्ने हुन सक्छ । यही कारणले नै हामीले कलाकारको समय अनुसार पारिश्रमिक दिएका हौं ।’

चलचित्रलाई घाममा नखिच्ने योजना खनालको छ । खनालले भने–‘यो चलचित्रका सबै दृश्य मैले आउटडोरमा खिच्दैछु । चलचित्रको सुरुदेखि अन्त्यसम्म स्वस्तिमाले समय दिनुपर्ने हुन्छ।’ नायक अर्पण थापालाई पनि यसको टिमले लिखित संझौता गरेको छ । चलचित्रमा ३ जना कलाकार रहनेछन् ।

चलचित्रको छायांकन फागुणबाट सुरु गर्ने योजना दिपेन्द्रको छ । उनले छायांकन अघि वर्कशप हुने बताए । खनालका अनुसार, चलचित्रको कथा यात्रामा आधारित रहेकाले पनि वास्तविक लोकेशनमै चलचित्रका कलाकारसँग वर्कशप हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment