+

 मेस्सीले बराबरी गरे पेलेको कीर्तिमान

२०७७ पुष  ४ गते २२:४८ २०७७ पुष ४ गते २२:४८
 मेस्सीले बराबरी गरे पेलेको कीर्तिमान

४ पुस, काठमाडौं । अर्जेन्टाइन सुपरस्टार लिओनल मेस्सीले ब्राजिलियन लेजेण्ड पेलेले बनाएको एकै क्लबका लागि सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् ।

स्पनिस ला लिगा अन्तर्गत शनिबार भ्यालेन्सियाविरुद्ध गोल गर्दै मेस्सीले पेलेले सान्तोसबाट बनाएको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका हुन् । भ्यालेन्सियाका जोस गाएले एन्टोनी ग्रीजमनलाई एरियामा फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो, जसमा मेस्सीको प्रहार गोलकिपर जाउमेले रोके ।

तर रिबाउण्डमा जोर्डी अल्बाको पासमा मेसीले गोल गरे । बार्सिलोनाका लागि सबैखाले प्रतियोगितामा मेस्सीको ६४३ औं गोल हो । पेलेले ब्राजिलियन क्लब सान्तोसका लागि ६४३ गोल गरेका थिए ।

पेलेले १९ सिजन खेल्दै उक्त कीर्तिमान बनाएका थिए । मेस्सीले आफ्नो १७औं सिजनमै उक्त उपलब्धी बराबरी गरे ।

 

लिओनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय