
५ पुस, काठमाडौं । अमेरिकामा सोमबारदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको मोडर्नाले विकास गरेको खोप मानिसहरुलाई लगाउन सुरु हुने भएको छ । अमेरिकाले मोडर्नाको खोपलाई सार्वजनिक प्रयोगको अनुमति दिएसँगै सोमबारदेखि यो खोप मानिसहरुलाई लगाउन सुरु गरिने भएको हो । शनिबारदेखि नै मोडर्नाको खोप वितरणको काम सुरु भइसकेको छ । अमेरिकाको तीन हजार सात सय खोप केन्द्रमा यो खोप वितरण गरिने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । अमेरिकामा गत साताबाट फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप कार्यक्रम सुरु भएको थियो ।
गत शुक्रबार अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले मोडर्नाको खोपलाई सार्वजनिक प्रयोगको अनुमति दिने निर्णय गरेको थियो । अमेरिकामा सुरुवाती चरणमा मोडर्नाको करिब ६० लाख डोज खोप वितरण हुन सक्ने अधिकारीहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4