+
+
Shares

संसद विघटनको बिरोध गर्दै काठमाडौंमा राँके जुलुस

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते १९:०६

९ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थी नेता, कार्यकर्ताहरुले काठमाडौंमा राँके जुलुस निकालेका छन् ।

बिहीबार साँझ बानेश्वरबाट विजुलीबजार हुँदै माइतीघरसम्म निकालिएको जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि ढुंगा हानाहानसमेत भएको थियो ।

प्रहरीले जुलुसलाई तितरवितर पार्न खोजेपछि प्रदर्शनकारीले ढुंगा हानेका थिए । झडपको सुरुवात भने प्रहरीले राँको खोस्न थालेपछि भएको जुलुसमा सहभागी एक नेताले बताए । त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातको समस्या राँके जुलुस निकाल्दा अन्यत्र सल्किएर आगलागी हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘जुलुस निकाल्न नदिने भन्ने नीति त होइन तर, रातको समयमा अन्य क्षति नहोस् भनेर नियन्त्रणमा लिने प्रयास गरिएको हो ।’

दुई पक्षबीच भएको झडपका क्रममा भुपेन्द्र शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एसएसपी सिंहले भने कसैलाई पक्राउ नगरिएको बताए । उनले भने, ‘राँको खोस्दा घम्साघम्सीपछि समातिएको भए केहीबेरपछि छुट्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?