१३ पुस काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि वाग्मती प्रदेश स्तरीय छनोट खेल पुस १६ देखि २१ गतेसम्म हुने भएको छ ।
प्रदेश क्रिकेट एसोसिएनका अनुसार वाग्मती प्रदेशका ७ टिमले छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् र खेल काठमाडौंमा हुनेछ ।
प्रतियोगितामा ६ वटा जिल्लाको टिम र त्रिभुवन विश्वविद्यालयको अर्को छिम रहनेछ ।
प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा हुने वाग्मती क्रिकेट प्रदेश संघले जनाएको छ ।
छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए मा रहेका काठमाडौं र भक्तपुरबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टिमसंगै नुवाकोट र मकवानपुर पनि समूह ए मा छन् । समूह बी मा ललितपुर चितवन र त्रिभुवन विश्वविद्यालय छन् ।
प्रतिक्रिया 4