+

जिदान भन्छन्- जनवरीमा खेलाडीले क्लब छाड्दैनन्

२०७७ पुष  १५ गते १९:११ २०७७ पुष १५ गते १९:११
जिदान भन्छन्- जनवरीमा खेलाडीले क्लब छाड्दैनन्

१५ पुस, काठमाडौं । रियल मड्रिडले एल्चेविरुद्ध खेल्ने तयारीमा रहेको बेला प्रशिक्षक जिनेदिन जिदानले आफू टिमबाट सन्तुष्ट रहेको र जनवरीमा खेलाडीले क्लब छाड्ने कुरालाई अस्वीकार गरेका छन् ।

रियल मड्रिडले बुधबार मार्टिनेज भालेरोमा एल्चेसँग खेल्दैछ र व्यस्त खेलतालिका रहेकोले जिदानले अहिले भएकै टिमलाई अघि बढाउने अपेक्षा राखेका छन् र कुनै आगमन वा प्रस्थान हुनेछैन ।

‘उनीहरु सबै धेरै केन्द्रित छन्,’ जिदानले क्रिसमसको मिनी ब्रेकपछि मैदान फर्किनु अघि टिप्पणी गर्दै भने, ‘सबै मेरो योजनामा छन् ।’

जिदानले जनवरी ट्रान्सफर विन्डो अगाडि एउटा अडान लिएका छन्, जहाँ रियल मड्रिडमा हुने मुभमेन्ट नहुने अपेक्षा छ ।

यद्यपि अर्को समरसम्म कुनै खेलाडी आउने सम्भावना नरहेपनि एक वा दुई खेलाडीले भने क्लब छाड्न सक्ने स्पानिस अनलाइन मार्काले लेखेको छ ।

इस्को, मार्सेलो, लुका जोभिक र मारियानो डियाजजस्ता खेलाडीहरु, जसले धेरै खेल्ने समय पाउँदैनन्, तिनीहरु क्लब छाड्ने विषयमा कुराकानी भइरहेको छ ।

ला लिगा, च्याम्पियन्स लिग, स्पानिस सुपर कप र कोपा डेल चारवटै प्रतियोगितामा अघि रहन जिदानले सबैलाई राख्न चाहेको र खेलाडीहरु रोटेसन गर्न चाहेको मार्काले जनाएको छ ।

जिनेदिन जिदान रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय