+
+
Shares

जान्हवी कपुरले किनिन् ३९ करोडमा नयाँ घर

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २१ गते १२:१२

बलिउडमा कलाकारहरुले महंगो घर किनेको खबर त नौलो होइन । गतबर्ष नायिका आलिया भट्टदेखि रणवीर कपुरले नयाँ घर किने । अब, महंगो रकममा नयाँ घर किन्ने नायिकामा जान्हवी कपुरको नाम पनि थपिएको छ । नायिका जान्हवी कपुरले मुम्बइको जुहु इलाकामा ३९ करोडमा नयाँ घर किनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अर्या विल्डिङमा रहेको ३ वटा फ्ल्याट जान्हवीले खरिद गरेकी हुन् । जान्हवीले डिसेम्बर ७ मा घर खरिदको संझौता गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । जान्हवीले हालसम्म २ वटा बलिउड चलचित्रमा मात्र काम गरेकी छिन् । उनले अभिनय गरेको ‘धडक र गुञ्जन सक्सेना’ले उनलाई राम्रै चर्चा दिएका थिए । उनको ‘दोस्ताना २, रोही अफ्जना, तख्त, हेलेन’ लगायत छन् ।

बलिउडमा पछिल्लो समय परिवारसँग बस्दै आएका कलाकारहरुले एक्लो जीवन जिउने उद्देश्यले नयाँ घर किनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?