+
+
Shares

संविधानसभा सदस्य परिषद्ले भन्यो : संसद विघटन निरंकुश कदम

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते १४:३६
फाइल तस्वीर

२४ पुस, काठमाडौं । संविधानसभा सदस्य परिषद्ले संसद विघटन निरंकुश कदम भएको बताएको छ ।

संविधानका हस्ताक्षरकर्ताहरुको साझा संगठनका रुपमा रहेको संविधानसभा सदस्य परिषद्ले शुक्रबार विज्ञप्ति जारी गर्दै संसद विघटन गैरसंवैधानिक भएको बताएको छ । परिषद्का सचिव डोरप्रसाद उपाध्यायद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अग्रगामी प्रत्यत्न र संघर्षविरुद्ध निरंकुश शैलीमा संविधानमाथि धावा बोलिएको छ । षड्यन्त्र, जालझेल, झुट र बेइमानीका अनगिन्ती पराकाष्ठाहरु नाघेर यस प्रकारको गैरसंवैधानिक हर्कत गरिएका छन् ।’

परिषदले मुलुकलाई थप जटिल बन्न नदिन संसद विघटनको कदम खारेज गर्न माग गरेको छ । ‘यो असंवैधानिक कदम सच्याउन गरिने शान्तिपूर्ण संघर्षहरुमा भाग लिन सबै संविधानसभा सदस्यहरुलाई अपील गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?