Comments Add Comment

एक अर्बभन्दा बढी वैदेशिक लगानी गर्नेलाई अति विशिष्टको परिचयपत्र

२८ पुस, काठमाडौं । सरकारले नेपालमा विदेशी लगानी भित्र्याउने लगानीकर्ताको वर्गीकरण गर्ने भएको छ । लगानीकर्ताले नेपालमा भित्र्याउने लगानीका आधारमा वर्गीकरण गर्नेगरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली (फिटा)-२०७७ मन्त्रिपरिषदले स्वीकृत गरेको हो ।

एक अर्ब भन्दामाथि लगानी गर्नेलाई अति विशिष्ट विदेशी लगानीकर्ता भनेर परिचयपत्र वितरण गर्न सकिने व्यवस्था नियमावलीमा गरिएको छ । अव विदेशी लगानीकर्तालाई तीन भागमा वर्गीकरण गरेर परिचय पत्र दिन सकिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

जसअनुसार ५ देखि २५ करोड रुपैयाँसम्म लगानी गर्ने विदेशी लगानीकर्तालाई साधारण विदेशी लगानीकर्ता मानिनेछ भने २५ करोडदेखि १ अर्ब रुपैयाँसम्म लगानी गर्ने विदेशीलाई विशिष्ट लगानीकर्ताको परिचय पत्र दिइनेछ ।

नियमावलीले प्रतिबद्धता गरेपछि लगानी भित्र्याउनु सरु गर्ने समयसीमा पनि तोकीदिएको छ । नयाँ व्यवस्थापछि अब विदेशी लगानीकर्ताले प्रतिबद्धता गरेको एक वर्षभित्र लगानी भित्र्याउन सुरु गरिसक्नु पर्नेछ ।

पाँच करोड लगानी गर्ने विदेशी लगानीकर्ताले स्वीकृत लगानीको २५ प्रतिशत, २५ करोडसम्म लगानी गर्ने लगानीकर्ताले एक वर्षभित्र १५ प्रतिशत र एक अर्ब लगानी गर्नेले १० प्रतिशत लगानी एक वर्षभित्र ल्याइसक्नुपर्छ ।

एक अर्बभन्दा बढी लगानी गर्ने विदेशी लगानीकर्ताले भने लगानी प्रतिबद्धताको पाँच प्रतिशत रकम एक वर्षभित्रै ल्याइसक्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment