+
+
Shares

नेपालमा भारतिय लगानी ल्याउनेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते २१:२७

२८ पुस, काठमाडौं । नेपाल-भारत उद्योग वाणिज्य संघले भारतमा सञ्चालित बिपिओ कम्पनी भर्टेक्स ग्लोवल सर्भिसेस ईण्डियाका प्रतिनिधिहरु तथा नेपालमा रहेेका यससंग सम्बन्धित प्रविधि ब्यबसायीसँग राउण्ड टेवल बैठकको आयोजना गरेको छ ।
नेपालमा भारतीय लगानीका बिभिन्न कार्यक्रमहरु ल्याउने प्रयास स्वरुप सो कार्यक्रमको आयोजना गरिएको हो ।

संघका अध्यक्ष श्रीमती सृजना राणाले अवको दिनमा एक्लैले मात्रै सबै थोक गर्छु वा गर्न सक्छु भनेर अघि बढ्न गाह्रो भएको र बिभिन्न सेवा प्रदायकहरु तथा संस्थाहरुवीच एक आपसका समन्वय गरी अघि बढनुपर्ने आवश्यकतामा जोड दिइन् ।

कार्यक्रममा संघका उपाध्यक्ष सुनील केसीले नेपालमा पनि हाल बिभिन्न क्षेत्रमा बिद्यमान कार्यगत अवसरहरुलाई कम खर्चमा प्रभावकारी रुपमा कार्य सम्पादन तथा जनशक्ति  व्यवस्थापन गर्ने तथा कार्यरत जनशक्तिलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

उनले बिश्व बजारमा हाल निक्कै नै प्रचलित रहेको र नेपालमा पनि त्यस्ता ब्यबसायिक संस्थाहरु रहेको तथा नेपालमा पनि यो क्षेत्रमा कस्तो अवसरहरु बिकास गर्न सकिनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?