+
+
Shares

प्रधानमन्त्रीको सहभागितामा बालुवाटारमा मनाइयो योग दिवस

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १ गते १२:०९

१ माघ, काठमाडौं । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज योग दिवस मनाइएको छ ।

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए ।

कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए ।

योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताए । योगगुरु डा. हरिप्रसाद पोखरेलले नेपालले नेपाल योगको जननी भएकाले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा भारतले भन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने बताए ।

नेपालमा वि.सं. २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?