+

जगजित साउथ एडिलेड प्यान्थरमा आबद्ध

२०७७ माघ  १ गते ११:३५ २०७७ माघ १ गते ११:३५
जगजित साउथ एडिलेड प्यान्थरमा आबद्ध

१ माघ, काठमाडौं । नेपाली फुटबलर जगजित श्रेष्ठ अस्ट्रेलियाको क्लब साउथ एडिलेड प्यान्थरमा आबद्ध भएका छन् । २८ वर्षीय जगजितले २०२१ को सिजनका लागि साउथ एडिलेडसँग सम्झौता गरेका हुन् ।

नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका जगजितले ए डिभिजन लिग क्लब हिमालयन शेर्पा, फ्रेन्ड्स, थ्रीस्टार र मनाङ मर्स्याङ्दी बाट पनि खेलिसकेका छन् ।

गत सिजन मनाङबाट ए डिभिजन लिग खेलेका उनी मच्छिन्द्रसँगकाे खेलमा झगडा भएपछि ५ खेलकाे प्रतिबन्धमा पनि परेका थिए । त्यसपछि उनी अस्ट्रेलिया फर्किएका थिए ।

साउथ एडिलेडले जगजितसँग सम्झौता गरेको जनाउँदै उनको आगमनले क्लब उत्साहित भएको उल्लेख गरेको छ ।

जगजित सन् २०१५ देखि अस्ट्रेलियामा बसाेबास गर्नुका साथै फुटबल पनि खेलिरहेका छन् ।

जगजितले अष्ट्रेलियामा ह्युम युनाईटेड, सनसाईन जर्ज क्रस, नुवावडिङ सिटी , प्रेस्टन सिटी र पारा हिल्स नाइटबाट खेलिसकेका छन् ।

जगजित श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय