Comments Add Comment

भारतले पहिलो पटक पेपरलेस बजेट ल्याउँदै

नयाँदिल्ली । भारत आर्थिक वर्ष २०२१/२२ को तयारीमा जुटेको छ । कोरोना भाइरसको महामारीका बीच ६ प्रतिशतभन्दा बढी गिरावट आएको भारतीय अर्थतन्त्रलाई माथि उकास्न यो बजेट महत्वपूर्ण मानिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा पहिलो पटक यस्तो हुँदैछ, जहाँ बजेट पुस्तिका प्रकाशित र वितरण गरिने छैन । बजेट निर्माण भई सफ्टकपी मात्र इमलेका माध्यमबाट सांसद, पत्रकारसहित सरोकारवालालाई दिइने छ ।

तर, बजेट पुस्तिक प्रकाशित हुने छैन । भारतीय वित्त मन्त्रालयले यो वर्ष पेपरलेस बजेट ल्याउने घोषणा गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतमा १ फेब्रुअरीमा वाषिर्क बजेट आउने गर्छ ।

भारतमा वित्त मन्त्रालय मातहतका हजारौं कर्मचारी बजेटमा जुट्छन् । त्यसमध्ये १ सय हाराहारी कर्मचारी भने शुक्रबारबाट गुप्तबासमा रहनेछन् । मन्त्रालय भित्रै उनीहरुका लागि बस्ने-खाने व्यवस्था गरिनेछ । उनीहरु बाहिरी संसारसँग सम्पर्कमा आउने छैनन् ।

उनीहरु नै बजेटको अन्तिम लेखनमा जुट्नेछन् । संचारमाध्यमहरुका अनुसार १५ दिनसम्म ती कर्मचारीलाई मन्त्रालय मै रहने व्यवस्थापन मिलाइन्छ ।

अर्थ मन्त्रालय भित्रै रहेको सुरक्षित प्रेसबाट यसअघि बजेट छापिने गरेको थियो । यो वर्ष भने लेखिएको बजेटलाई पुस्तिकाका रुपमा निकालिने छैन । कोरोना महामारीका कारण पेपरलेस बजेट ल्याउने घोषणा त्यहाँको वित्त मन्त्रालयले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment