Comments Add Comment

बाइडनले सार्वजनिक गरे १९ खर्ब डलरको राहत प्याकेज

२ माघ, काठमाडौं । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडनले कोरोना भाइरस (कोभिड–१९) बाट समस्यामा परेको अर्थतन्त्रमा सुधारको लागि १९ खर्ब डलरको राहत प्याकेज सार्वजनिक गरेका छन् । आगामी साताबाट राष्ट्रपतिको रुपमा पदभार ग्रहण गर्न गइरहेका बाइडनले महत्वपूर्ण मानिएको राहत कार्यक्रम सार्वजनिक गरेका हुन् ।

अमेरिकाको संसद्ले यदि यो प्याकेज पारित गरे १० खर्ब डलर अमेरिकी नागरिकहरुलाई प्रदान गरिनेछ । जसमा एक हजार चारसय डलर सबै अमेरिकी नागरिकहरुले पाउनेछन् । राहत प्याकेजमा चार खर्ब १५ अर्ब डलर कोरोनाविरुद्ध लड्न र ४ खर्ब ४० अर्ब डलर साना व्यवसायको सुधारको लागि खर्च गरिनेछ । बाइडनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको महामारी नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । गत वर्ष चिर्वाचन प्रचारको क्रममा बाइडनले कोरोना नियन्त्रणमा आफूले ट्रम्पले भन्दा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।

अमेरिकामा कोरोना संक्रमण निरन्तर बढ्दो क्रममा रहेको अवस्थामा बाइडनले यस्तो राहत प्याकेज सार्वजनिक गरेका हुन् । कोरोना भाइरसको कारण अमेरिकामा अहिलेसम्म तीन लाख ८५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । बाइडनको नेतृत्वसँगै अमेरिकाको सत्ता र संसद्मा डेमोक्रेटिक पार्टीको नियन्त्रण रहने भएकाले यो प्याकेज पारित हुने सम्भावना बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment