Comments Add Comment

पुष्लाल स्मृती ब्याडमिन्टनको उपाधि प्रिन्स र जेशिकालाई

४ माघ, सिराह । सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङले योनेक्स सनराइज १०औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङकिङ प्रतियोगिताको उपाधि जितेका छन् ।

सेमिफाइनलमा शीर्ष वरीयताका रत्नजित तामाङलाई पराजित गरेका प्रिन्सले शीर्ष १६ वरीयताअनतर्गत पुरुष एकलको फाइनलमा एपीएफका दीपेश धामीलाई २१-१८, २१-१३ ले पराजित गर्दै पुष्पलाल ब्याडमिन्टनमा नयाँ इतिहास रचेका छन् ।

गोलबजार कभर्डहलमा भएको महिलाको शीर्ष १२ वरीयताअन्तर्गत प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपीएफकी जेशिका गुरुङले उपाधि उचालिन् । जेसिकाले रशिलालाई १८-२१, २१-१५, २२-२० ले पराजित गर्दै उपाधिमाथी कब्जा गरेकी हुन् । जेशिकाको यो पुष्पलाल मेमोरियल ब्याडमिन्टनमा दोश्रो उपाधि हो । यस अघि इटहरीमा भएको सातौ पुष्पलाल स्मृतीमा पनि जेशिकाले उपाधि उचालेकी थिइन् ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको पुरुष शीर्ष १६ वरियता बाहेकको एकलको उपाधि कैलालीका देवराज रानाले जिते । उनले सेनाका दिवश शंकरलाई १५-२१, २१-१८, २१-१६ ले पराजित गर्दै उपाधि जिते । यस्तै शीर्ष १२ वरीयता बाहेकको महिला एकलमा कैलालीकी प्राथना देउवाले उपाधि जितिन् । देउवाले झापाकी अञ्जना राईलाई २१-९, २१-१३ ले पराजि गरिन् ।

पुरुष युगल तर्फको प्रतिस्पर्धाम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्जजित तामाङ र नविन श्रेष्ठको जोडीले उपाधि उचाल्यो । सेनाका जोडीले सेनाकै सुरोज महर्जन र पविन लिनथेपको जोडीमाथी २१-१९, १९-२१, २१-१३ को जित निकाल्दै उपाधि उचालेको हो । महिला युगल तर्फ पनि सेनाले उपाधि उचाल्यो । सेनाका राष्ट्रिय च्याम्पियन रशिला महर्जन र अमिता गिरीको जोडीले एपिएफका जेशिका गुरुङ र सुनयना मुखिाको जोडीलाई २१-१८, २१-१२ ले पराजित गरेको हो ।

ब्वाइज एकलतर्फ त्रिभुवन आर्मीका भोज बहादुर गुरुङ च्याम्पियन बने । भोजले सेनाकै आयुष्मान नागरीलाई २१-१५, १९-२१, २१-१० ले पराजित गरे । यस्तै गर्ल्स एकलमा पनि राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेलाई पराजित २१-१०, २१-१० को समान अन्तरले पराजित गर्दै उपाधि रक्षा गरिन् ।

भेट्रान्स युगल तर्फको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिल कुमार लाखे विजेता बने । श्रेष्ठ र लाखेको जोडीले कास्की पोखराका शोभाकर भंडारी र नविन पराजुलीको जोडीलाई २१-१२, २१-१९ ले पराजित गरे । लाखेले करिव १२ बर्ष पछि कोर्टमा उत्रदै उपाधि उचालेका हुन् ।

विजेता खेलाडीहरुलाई गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र उपप्रमुख रेशम कुमारी थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको र्‍याङकिङतर्फ विजेता खेलाडीहरुले नगद ५० हजार र ट्रफी प्राप्त गरे । उविजेताले २५ हजार प्राप्त गरे ।

र्‍याङकिङबाहेकका प्रतियोगिताका पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ वर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजेताले नगद १० हजार र शीर्ष चारमा पुग्नेले नगद ५-५ हजा सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यसैगरि छात्र तथा छात्रा यू-१७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शीर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४-४ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment