
१३ माघ, झापा । प्रहरीले ठूलो परिणाममा ओरियन्स कम्पनीका खाद्य सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–६ का जितेन्द्र शाह छन् ।
इलाका प्रहरी कार्यालय, दमकले दमक–६ स्थित पदम गुरुङको घरमा रहेको गोदाममा छापा हानेर शाहलाई पक्राउ गरेको झापाका एसपी सानुराम भट्टराईले अनलाइनखबरलाई बताए । उनका अनुसार अनुसन्धानका क्रममा शाहसहितका व्यक्तिले बालाजुमा रहेको ग्लोबल ओरियन्स प्रा.लि.बाट ती खाद्य वस्तु खरिद गरी राजश्व छलेर ल्याएको देखिएको छ ।
अन्य सञ्चालकको खोजी भइरहेको उनले बताए ।
प्रहरीका अनुसार ३ हजार ३ सय ५८ बट्टामा रहेको ८७ लाख २६ हजार रुपैयाँ बराबर सामानको बिल भेटिएको छ भने ९ हजार ९ सय ४३ बट्टामा रहेको दुई करोड ४२ लाख ४० हजार ७ सय ३० रुपैयाँ बराबरको सामानको बिल छैन ।
हाल सामानसहित पक्राउ परेका व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको छ ।
प्रतिक्रिया 4