१३ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुने क्रिकेट प्रतियाेगिता खेल्ने भएकाे छ ।
फेब्रुअरी ९ देखि १२ सम्म कतार स्पाेर्ट्स डे काे अवसरमा कतार क्रिकेट एसाेसिएसनले आयाेजना गर्ने बायाल्याट्रल टी २० आई सिरिजमा नेपालकाे राष्ट्रिय टिमलाई सहभागी गराउने निर्णय मंगलबारकाे क्यान बाेर्ड बैठकले गरेकाे हाे ।
नेपालले मार्चमा विश्वकप लिग २ अन्तर्गत ट्राई सिरिज ओमानमा गएर खेल्दैछ । नेपालकाे नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमाेर पनि नेपाल आइसकेका छन् । क्यानले फेब्रुअरी १ देखि काठमाडौंमा राष्ट्रिय क्रिकेट टिमकाे क्याम्प पनि सुरु गर्दैछ ।
प्रतिक्रिया 4