Comments Add Comment

एनआइशी एशिया बैंकको मूनाफामा झिनो सुधार

१५ माघ, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआशी एशिया बैंकले खुद नाफामा थोरै सुधार गरेको छ । यस बैंकले अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अघिल्ले आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तमा बैंकले २ प्रतिशतलेमात्रै मूनाफामा सुधार गर्दै २ अर्ब ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४१ रुपैयाँ ६१ पैसाबाट घटेर ३५ रुपैयाँ ७३ पैसामा प्रति सेयर आम्दानी झरेको छ ।

बैंकको खुद ब्याज आम्दानी २९ करोड ९३ लाख रुपैयाँ बढेर ३ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा १३ करोड ४९ लाख रुपैयाँ बढेर ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ८९ करोड २८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा ७७ करोड ६६ लाख रुपैयाँ सञ्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment