Comments Add Comment

अनुहारमा सर्जरी नगरेको जेनिफरको दाबी

विश्वका चर्चित सेलिब्रिटीहरु आफ्नो अनुहारको चमक सधै उस्तै देखाउन सर्जरीको सहरा लिन्छन् । हलिउड नायिका, गायिका तथा निर्मात्री जेनिफर लोपेजमाथि पनि यो आरोप लाग्दै आएको छ ।

तर, ५१ बर्षकी यी सुन्दरीले भने आफूले अनुहारमा बोटक्स वा अन्य केही कृत्रिम कुराहरु अनुहारमा लगाएको कुरालाई अस्विकार गरेकी छिन् । उनले आफ्नो अनुहारमा कुनै पनि प्रकारको इन्जेक्सन नलगाएको र सर्जरी पनि नगरेको बताएकी छिन् ।

मिडिया कुराकानीमा जेनिफरले भनिन्–‘म अरु कसैको निर्णयलाई मुल्यांकन गर्न सक्दिनँ । कसैले बोटोक्स वा इजेक्टेबेल्स गराउन चाहन्छ भने त्यो ठिक छ । तर, मानिसहरुले ममाथि झुटो आरोप नलगाउन् भन्ने मेरो चाहना हो ।

उनले, आफूले कहिल्यै पनि झुटो नबोलेको भन्दै आफूले आफ्नो जिन्दगीमा पुरा इमान्दार भएर काम गरेको बताएकी छिन् । हालै मात्र, एक फ्यानले सामाजिक संजालमा स्टारले झुटो बोल्ने गरेको आरोप लगाएपछि लोपेजले त्यसको जवाफ दिएकी थिइन् । उनले, आफूले बोटोक्स वा कुनै प्रकारको सर्जरी नगरेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment