+
+

सामसुङको एस२१ सिरिजको खरिदमा सानिमा बैंक शून्य प्रतिशत ब्याजदरमा ईएमआईको सुविधा

निःशुल्क क्रेडिट कार्ड पनि

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते २०:५७

सानिमा बैंकले सामसुङको एस२१ सिरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई)को व्यवस्था गरेको छ ।

यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु, आईएमएस स्मार्ट र हिम इलेक्ट्रोनिक्ससँग सम्झौता गरेको छ ।

कम्पनीले ग्राहकहरुका लागि शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुबिधाका साथै निःशुल्क ईएमआई प्रशासनिक शुल्क र सामसुङको तर्पmबाट आकर्षक प्री‐बुकिङ्ग उपहारहरुको पनि व्यवस्था गरेको छ ।

सामसुङ एस२१ सिरिजको प्री‐बुकिङ्ग सुरु भइसकेको छ र ग्राहकहरुका लागि २०७७ माघ २३ गतेबाट उपलब्ध हुने अपेक्षा गरिएको छ । ग्राहकहरुले आईएमएस स्मार्ट र हिम इलेक्ट्रोनिक्सका विभिन्न आउटलेटबाट प्री-बुकिङ्ग गर्न सक्नेछन् ।

सानिमा बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाट आवेदन दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?