+

महिला लिग : विदेशी खेलाडीको गोलमा वालिङको दोस्रो जित

२०७७ माघ  २० गते २०:३४ २०७७ माघ २० गते २०:३४
महिला लिग : विदेशी खेलाडीको गोलमा वालिङको दोस्रो जित

२० माघ, काठमाडौं । विदेशी खेलाडीको गोलको मद्दतले स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित हात पारेको छ ।

मंगलबार भएको खेलमा वालिङले रौतहटको चन्द्रपुर नगरपालिकालाई ३-० ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा वालिङलाई जिताउन तीन गोल नै विदेशी खेलाडीले गरे । वालिङको जितमा मेथो रुथले दुई गोल र टोउटा ओर्नेलाले एक गोल गरे ।

खेलको ३७ औं मिनेटमा क्यामरुनी खेलाडी ओर्नेलाले फ्रिकिकबाट गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । ४५ औं मिनेटमा क्यामरुनकै रुथले गोल गर्दा वालिङले पहिलो हाफमै २-० को अग्रता बनायो । त्यसपछि रुथले व्यक्तिगत दोस्रो गोल गरिन् ।

लिगमा दोस्रो जित हात पारेको वालिङ ६ खेलबाट ८ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । नेपाल पुलिस समान ८ अंक भएपनि वालिङ गोलअन्तरमा पछि रहेको हो । वालिङले ६ खेल खेल्दा २ मा जित २ मा बराबरी र २ हारको नतिजा निकालेको छ ।

चन्द्रपुरले भने ६ खेल खेल्दा यो पाँचौ हार हो । एक खेल मात्र जितेको चन्द्रपुर ३ अंकसहित छैटौं स्थानमा छ । लगातार पाँच खेल हारेको चौदण्डीगढी अंकविहीन हुँदै सातौं स्थानमा छ ।

डबल राउण्ड रोविन लिगमा एन्फाले सार्वजिक गरेको सिंगल लिगको १९ खेल सकिदाँ एपीएफ सबै ६ खेल जित्दै १८ अंक जोडेको शीर्ष स्थानमा छ । लिग अन्तर्गत बुधबार दुई खेल हुँदैछ । आर्मी र चौदण्डीगढी तथा नेपाल पुलिस र विराटनगर महानगरपालिकाबीच हुनेछ ।

फुटबल महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय