Comments Add Comment

प्रधानमन्त्री र विप्लवको राष्ट्रवादमा समानता छ : मन्त्री थापा

२१ माघ, काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादमा समानता रहेको बताएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै मन्त्री थापाले विप्वलमा राष्ट्रिय चिन्तन र सोच भएको र प्रधानमन्त्रीको पनि राष्ट्रवादी सोच बनिरहेकोले उनीहरु दुवैको चिन्तन मिल्ने बताए ।

मन्त्री थापाले नेकपा क्रान्तीकारी माओवादीका महासिचव मोहन बैद्यले अध्ययन गरेको पूर्वीय सभ्यता, संस्कृति पनि प्रधानमन्त्री ओलीको अध्ययन र विचारसँग मिल्ने दाबी गरे ।

यसबारे आफूले प्रधानमन्त्रीलाई पनि जानकारी गराएको उनको भनाइ छ । ‘मैले प्रधानमन्त्रीलाई भनेको छु, मन्त्री थापाले भने, ‘तपाईंको र विप्लवको राष्ट्रवाद मिल्छ जस्तो लाग्छ । बैद्य र तपाईंको पूर्वीय सभ्यता, संस्कृति पनि मिल्छ ।’

नख्खु कारागारमा रहेका प्रतिबन्धित विप्लव समूहका पोलिट्ब्यूरो सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई मंगलबार कारागारमै गएर भेटेपछि मन्त्री थापाको यस्तो भनाइ आएको हो ।

वलीसँगको भेटपछि विप्लव समूह पनि राजनीतिको मूल प्रतिष्पर्धामा आउन चाहेको र त्यसका लाग सरकार र विद्रोही दुवै पक्षले वार्ताको वातावरण बनाउनु पर्ने थापाको भनाइ छ ।

वलीसँगको भेटमा राष्ट्रिय राजनीतिक कुरा पनि भएको र वर्तमान सरकारले यदि वार्ता गर्न चाह्यो भने आफूहरु वार्ताका लागि तयार रहेको वलीले बताएको थापाले जानकारी दिए । तर वलीले आफू पार्टीको आधिकारिक लाइनबाट टाढा रहे पनि नेकपा विप्लव समूह वार्ता विरोधी नभएको प्रष्ट्याएका थिए ।

हेमन्त प्रकाश वली मन्त्री थापाका जनयुद्धकालिन साथी र रुम पार्टनर पनि हुन् । वली पक्राउ पर्नु एक महिनाअघि पनि दुई नेताबीच भेटघाट भएको थियो ।

विप्लव समूहले अंगिकार गरेको अहिलेको आन्दोलन र जंगलको राजनीति अहिलेको आवश्यक नभएको मन्त्री थापाले बताए । उनीहरुका पनि केही सर्तहरु रहेको भन्दै थापाले वार्ताअघि युद्धविराम हुने बताए ।

विद्रोहीलाई सहि बाटोमा ल्याउनका लागि ट्रयाक वान, टु, थ्रिका पोलिसि हुने भन्दै सरकार त्यही बाटोमा रहेको दाबी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment